संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बिकास तथा प्रविधि समितिकाे बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो। काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी […]
संगठन सुदुढिकरण र सरकारलाई खबरदारी गर्न बैशाख २५ देखि ७७ वटै जिल्लामा ‘राष्ट्रिय जागरण अभियान’ संचालन गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारप्रति थप सशंकित र आक्रामक बनेको छ। सरकार एकपछि अर्को गर्दै निरंकशुतातर्फ अगाडि बढेको भन्दै कांग्रेसले सरकारका गलत कामको संसदबाट प्रतिरोध गर्ने चेतावनी दिएको छ। कांग्रेसले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, मानव […]
ट्राफिक व्यवस्थापनको लागि मोटरसाइकल बक्स बनाउने योजना यही असारबाट कार्यान्वयनमा ल्याइने भएको छ । यो नेपालमा मोटरसाइकल तथा स्कुटर चालकको लागि नयाँ नियम हुनेछ । सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार हालै मोटरसाइकल बक्स निर्माणका लागि टेन्डर दिइएको छ । चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरि टेन्डर दिए पनि जेठसम्ममा मोटरसाइकल […]
नेपाल स्टक एकसचेञ्जमा सूचीकृत तीन लघुवित्त कम्पनीले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन् । मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले मंगलबार संयुक्त समारोहमा एक आपसमा मर्जरको सम्झौता गरेका हुन् । मिर्मिरे लघुवित्तका सन्तोष फुयलको संयोजकत्वमा नागबेलीका संजय कुमार श्रेष्ठ र किसानका खिमाराज न्यौपाने सहितको तीन सदस्यीय मर्जर समितिबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । […]
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर […]
सरकारका मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताले देशभरका कारागार र प्रहरी हिरासतमा कैदी बन्दीलाई मानवोचित व्यवहार नभएको भन्दै सुधार गर्न सुझाव दिएका छन् । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी हिरासत तथा कारागारको क्षमता विस्तार एवम् स्तर उन्नति हुनुपर्ने बताए । महान्यायाधिवक्ताको कार्यालयबाट यस आर्थिक वर्षमा २४ जिल्लाका ३७ हिरासत कक्ष र १९ वटा […]
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको अन्तिम तयारी गरेको छ। आगामी जेठ ३ गते पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य विभाजनको घोषणा गर्ने तयारी नेकपाले गरेको हो। गत ९ गते जिल्ला नेतृत्व घोषणा गरेको नेकपाले प्रदेश तहको नेतृत्व पनि टुंगो लगाइसकेको छ। नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम टुंगो […]
टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्नको लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । ‘अबको एक महिना भित्र निर्माणको काम सुरु हुन्छ,’ उनले भने । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन […]
प्रदेश १ सरकारले महत्वाकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणको योजना अघि सारेको छ । करिब २०२ मिलियन डलरको लागतमा प्रदेश १ अन्तर्गत तराईका जिल्ला जोडेर शहरी करिडोर निर्माणको योजना अघि सरेको हो । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी एशियाली विकास बैंकको आर्थिक सहयोगमा उत्तर-दक्षिण तथा पूर्ब-पश्चिम जोडेर शहरलाई व्यवस्थित गर्नुका साथै नँया शहर निर्माण गर्न […]
भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो […]