सत्तारुढ समाजवादी पार्टी नेपालको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ । उसले विज्ञापनविरुद्ध भइरहेको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएको छ । आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको दाबी गर्दै समाजवादी पार्टीको छ । समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी […]
गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले । यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्याे । ऊर्जामन्त्री वर्षमान पुन […]
निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ । राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ […]
बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ […]
नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०७१/७२ देखि त्रिभुवन विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल विकास शुल्क (एडीएफ) उठाउन पाउने अधिकार ३१ असारबाट समाप्त भएको छ । अब यसलाई निरन्तरता दिने वा नदिनेमा प्राधिकरण नै अन्योलमा छ । सरकारले प्राधिकरणलाई ५ वर्षका लागि यस्तो शुल्क लिने अधिकार दिएको थियो । सोहीअनुसार कम्पनीहरुले यात्रुको टिकट मै १ […]
बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु एक करोड […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु. ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सरकारले लगानी सम्मेलन गरेकै वर्ष उद्योग विभागमार्फत मुलुकमा भित्रिने वैदेशिक लगानीमा उच्च गिरावट देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को विवरण अनुसार गत वर्षभन्दा वैदेशिक लगानी ३१ अर्ब ८१ करोडभन्दा बढीले आरोलो लागेको हो । अघिल्लो आर्थिक वर्ष कुल ३९९ वटा उद्योगमा ५५ अर्ब ७६ करोड ४ लाख ८० हजार रुपैयाँ […]
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् । डा. केसीले शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले सघाइरहेका छन् ।