करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी […]
पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्याउन नसक्दा बिचल्ली भएको छ । लिम्घाका वडा […]
मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको […]
हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो ।प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्याएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा […]
बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका […]
सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो ।तिलाठी-कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ । […]
थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो । काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुल (आइ-एचएबीएस) मा फूड एण्ड बेभरेज तालिमका गएका उनीहरूले भने बमोजिमको तालिम र सुबिधा पाएका थिएनन् […]
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको एनएल०१डी ८०३१ नम्वरकाे भारतीय ट्रक ९लहरी०ले ना१ह ८८२४ नम्बरको अटाे र बा६६प ६२१३ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकाे थियाे ।दुर्घटनामा अटाे चालक बसामाडी घरभइ हेटौंडा-९ बस्ने सुजन ढकाल […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा […]