त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।
गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो।मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान घटनाबारे अनुसन्धान […]
मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट […]
रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक वर्षको अवधिमा ६४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/७६ मा भएका १८० दुर्घटनामा ६४ जनाको मृत्यु र २८५ जना घाइते भएका हुन् । आर्थिक वर्ष २०७४/७५ मा ४३ जनाको मृत्यु भएको थियो । दुर्घटना र मृतकको संख्या बढ्दै जानुमा चालकको लापरवाही प्रमुख कारण रहेको जिल्ला […]
बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी […]
नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो‘मिठाईको बट्टामा ७८ लाख‘ सहमति एकै पटक सबै रकम दिने थिएन। पहिलो पटक ४० लाख दिए। राजनारायणले […]
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन […]
तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि […]