सरकारले अबको एक वर्षमै प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६/७७ मा कुल १८१ किलोवाट घण्टा बिजुली खपत बढाउने लक्ष्य राखिएको हो । अघिल्लो आवमा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेर हाल २४५ किलोवाट घण्टा पुगेको छ । अघिल्लो वर्ष १ सय ७७ किलोवाट घण्टा मात्र थियो […]
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् । यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक […]
मुस्लिम धर्माबलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा […]
चितवनमा नारायणी नदी किनारमा एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका १६ शिवघाट नजिक नदी किनारमा सोही ठाउँ बस्ने ३१ वर्र्षकी कृष्णमाया तामाङको शव भेटिएको हो ।घरबाट माछा मार्न जान्छु भनेर साउन २३ गते घरबाट हिँडेकी कृष्णको शव तीन दिनपछि नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु […]
झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। […]
मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका अजय तामाङ र राजु तामाङ छन् । विशेष सुराकीका आधारमा उनीहरुलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी बोगटीले बताए । प्रहरीका अनुसार नुवाकोटका युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनेर उनीहरुले प्रलोभन देखाउने गरेका थिए । अनुसन्धानका क्रममा उनीहरुको […]
राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । ‘माननीयज्यू र मसँगै थियौं । झोलामा हात हानेर पर्स झिकेछ’, उनले भनिन्, ‘मान्छे कता गयो, […]
२० वर्षीया किशोरीलाई बेच्न खोजेको आशंकामा काठमाण्डौको नागढुङ्गाबाट दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधिसहित खटिएको प्रहरीले ना ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा शनिबार साँझ दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ […]
आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो। २२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए। आँखा रोगका ती डाक्टरकहाँ जचाउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले […]