Home > Articles posted by NewsDesk (Page 22)
FEATURE
on २८ मंसिर २०७८, मंगलवार १०:१९
287 views 0 secs

वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी भएको छ । कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए […]

FEATURE
on २८ मंसिर २०७८, मंगलवार ०७:४५
290 views 0 secs

तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन् । छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी […]

FEATURE
on २८ मंसिर २०७८, मंगलवार ०७:०४
367 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। […]

FEATURE
on २७ मंसिर २०७८, सोमबार १७:४६
426 views 0 secs

शेयर बजारमा आज साेमवार पनि पहिरो गएको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ । आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ […]

FEATURE
on २७ मंसिर २०७८, सोमबार १६:०२
404 views 0 secs

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ११ सय मत खसेको छ । निर्वाचन समितिका एक सदस्यले दिउँसो ३ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको जानकारी दिए । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यासी शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता […]

FEATURE
on २७ मंसिर २०७८, सोमबार १५:१६
415 views 0 secs

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार […]

FEATURE
on २७ मंसिर २०७८, सोमबार १४:३८
289 views 0 secs

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ । नेपाली […]

FEATURE
on २७ मंसिर २०७८, सोमबार १३:३६
331 views 0 secs

नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि क्यामेरा डाउन गरेका छन् । निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका हुन् । सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् ।

FEATURE
on २७ मंसिर २०७८, सोमबार १३:१२
261 views 0 secs

मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ स्थित तल्लो पकनीमा भाइको कुटाइबाट दाइको मृत्यु भएको हो । आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

FEATURE
on २७ मंसिर २०७८, सोमबार १२:३७
284 views 1 sec

कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए । […]