सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक […]
ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन मौसमविदले सूचित गरेका छन् । हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । मौसमविद समीर श्रेष्ठका अनुसार शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले शनिबार […]
प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।
दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ। उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ। “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने। विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ। लमही नगरपालिकाको दमकल, […]
नवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ। नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो। बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए। शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक […]
पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ ।नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका […]
पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् ।झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासु र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू […]
मोरङमा प्रहरीले बिभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई शुक्रबार पक्राउ गरेको छ । विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, […]
शंकास्पद आर्जन गरेका म्यानपावर व्यवसायीहरुको सम्पत्ति छानविन हुने भएको छ । सरकारले त्यसका लागि आन्तरिक तयारीसहित अनुसन्धान अघि बढाउन आधारशीला तयार गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसका लागि वैदेशिक रोजगार विभागसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीमष्कुमार भुसालले म्यानपावर व्यवसायमा रहेका विकृति हटाउने गरी सम्पत्ति शुद्धीकरण विभागसँग […]