नेपालमा जुम्लाको स्याउको खुबै नाम छ। अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् […]
बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन्। विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी […]
राक्सिराङ गाउँपालिका बाख्रा चराउन गएकी महिलाको चट्याङ लागेर मृत्यु भएको छ। वडा नम्बर ८ की कान्छीमाया थिङलाई आइतबार दिउँसो चट्याङ लागेको हो। बाख्रा चराउन गएकी कान्छीमायालाई पानी परेपछि नजिकैको रुखको छेउमा बस्दा चटयाङ लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। चटयाङ लागेर त्यही ठाउँकी २५ सुस्मिता मोक्तान घाइते भएकी छन्।
नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ। सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो। वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी […]
भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ। पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा […]
उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा […]
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् ।सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु […]
आइतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया करिश्मा नेपालीको बासुधारा भन्ने ठाउँ नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी उनको शव बगेको ठाउँदेखि १ किलोमिटर तल भेटिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।बैशाखयता सेती […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च बढ्नेछ। आफन्तजन टाढा हुनेछन्। खर्चले मन अत्तालिए पनि […]
प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह ! आफ्नो सपोर्टर हरु हीसासतमा बसेको देख्दा , घाईते भयको देख्दा मलाई म हीरसतमा बसे भन्दा बढी पीडा हुन्छ भन्दै भाबुक भय ! https://youtu.be/8nrKSiOkB3w