अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा बान्नीगढी […]
दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ । दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई […]
मालपोतका अधिकृत घुस लिँदा लिँदै रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले घुस लिँदालिँदै ती सरकारी अधिकृतलाई पक्राउ गरेको हो। मालपोत कार्यालय कास्कीमा कार्यरत अधिकृत अभिनाश कुवँरलाई अख्तियारको टोलीले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिदाँलिँदै मंगलबार साँझ पक्राउ गरेको हो। साँझ करिब साढे ६ बजे पोखराको मुस्ताङचोकस्थित सोमु मम खाजा घरबाट […]
नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ। ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ। सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी […]
काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ । बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो । वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले […]
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ। गत […]
पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ । लगातारको वर्षाले अरुणखोलाको नदीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर डाइभर्सनबाट सवारी वारपार गराउन प्रहरीले रोकेको थियो । पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । […]
लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन्। स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो। उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी […]
आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज सुनको भाउ स्थिर रहेको भएपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको […]
लामखुट्ट्टेको टोकाइबाट सर्ने डेँगु रोग काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेँगु भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाडौँमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही […]