सर्लाही, गुल्मी, धनुषा र रुकुम-पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सर्लाही, हरिपुर नगरपालिका-७ शिश्वा पुलस्थित सडकमा बा.३५ प ५६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक हरिपुर नगरपालिका.६ लक्ष्मीपुर बस्ने १९ वर्षीय मुकेश चौधरीको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । […]
नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन । विद्यालयबाट फर्कदै गरेका तीनमध्ये […]
अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ । लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् । लडाकू समूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको […]
आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न टेलिभिजन प्रस्तोता रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै […]
तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्। अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास […]
निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ […]
छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए । घाइते उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा […]
ट्रक ठोक्किएर क्षतिग्रस्त बनेको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी […]
चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो। एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो। […]
आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाईँ र काभ्रेकै अर्जुन […]