Home > Articles posted by NewsDesk (Page 185)
FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:१४
728 views 0 secs

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा आज बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ । बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि आईसियूमा कार्यरत नर्सहरुको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:१०
901 views 0 secs

तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ। डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:०१
1024 views 0 secs

चिनियाँ विदेशमन्त्री वाङ यी आज (आइतबार) नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चिनियाँ समकक्षी वाङ नेपालको तीन दिने औंपचारिक भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १०:५१
915 views 1 sec

एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ । सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १०:२८
665 views 0 secs

झण्डै दुई बर्षपछि बढाएको दूधको नयाँ मूल्य शनिबारबाट लागू भएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्था (डीडीसी)ले दूध मूल्य लिटरमा ६ रुपैयाँ बढाएको छ, जस मध्ये ४ रुपैयाँ १६ पैसा किसानले पाउँछन् । पश्चिम चितवनको चोकबजार र गीतानगर क्षेत्रमा दुग्ध किसानले दूधको मूल्य बढ्दा थोरै भए पनि राहात पाएको बताए । शनिबार बिहानै अन्नपूर्ण […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:५३
541 views 0 secs

मकवानपुरको भीमफेदी गाउँपालिकाको चिसापानीमा शुक्रबार भएको सुमो दुर्घटनामा १० महिने नाबालिकासहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:४२
576 views 0 secs

काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउँदैछ । काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।

FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:३६
511 views 0 secs

भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:२२
740 views 0 secs

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या भएको हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:१४
686 views 0 secs

बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल-११ का वडा […]