Home > Articles posted by NewsDesk (Page 170)
FEATURE
on ५ आश्विन २०७६, आईतवार १४:२६
561 views 0 secs

भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १४:१२
658 views 0 secs

पाकिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए। उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ। घाइतेको […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १४:०१
764 views 0 secs

म्याग्दीको बेनी नगरपालिका-३ स्थित बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार राति १० बजे खहरे खोला पुरेपछि खोलाले धार परिवर्तन गर्दा दुई जना बालिकालाई बगाएको हो। घरबाट निस्केर भाग्ने क्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा ६ वर्षकी अनुष्का परियार र १० वर्षकी प्रविना परियार रहेको म्याग्दी जिल्ला प्रहरी […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १३:५३
645 views 0 secs

नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेल बहादुर पाण्डेका अनुसार नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका बहालवाला कर्मचारीसहित ८ जना कर्मचारी […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १२:३९
623 views 0 secs

अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ । घटनामा अन्य नौ जना […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १२:१२
506 views 0 secs

चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडस्थित कान्तिपुर गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको डाँडागाउँका २८ वर्षीय बालकृष्ण थापा, २६ वर्षीय डम्बर थापा र रोल्पाको थवाङ गाउँपालिकाका २७ वर्षीय दुख रोकाय रहेका छन् । […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १२:०५
726 views 0 secs

नेपाल प्रहरीले ९७ हजार रूपैयाँ नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार ११:५८
799 views 0 secs

सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्ज का ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन्। लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ प २३९२ र बिआर ०६ एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार ११:५४
809 views 0 secs

सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्। मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार ११:४४
814 views 0 secs

दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको ठक्करबाट एक बालकको ज्यान गएको छ। बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको […]