Home > Articles posted by NewsDesk (Page 15)
FEATURE
on ७ पुष २०७८, बुधबार १०:५२
295 views 0 secs

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ । यस्तै, […]

FEATURE
on ७ पुष २०७८, बुधबार ०८:०४
369 views 0 secs

मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था […]

FEATURE
on ७ पुष २०७८, बुधबार ०७:१९
365 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १६:०९
332 views 0 secs

पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १५:४०
319 views 0 secs

मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुगेको हो । गत असोजमा यस्तो संख्या १ करोड ५१ लाख ५३ हजार ४६३ रहेको थियो । यस्तै, पछिल्लो महिना इन्टरनेट […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १५:०४
342 views 0 secs

चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १४:२४
306 views 0 secs

राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १४:१३
297 views 0 secs

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् । बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १२:५१
307 views 0 secs

प्रतिनिधि सभाको बैठक आज मङ्गलवार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् बैठकअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न समितिको बैठक बसेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठकमा निरन्तर अवराेध गर्दै आएको छ । गएको मङ्गलवार पनि एमालेको अवरोधका कारण संसद् चल्न […]

FEATURE
on ६ पुष २०७८, मंगलवार १२:१९
378 views 0 secs

भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना […]