Home > Articles posted by NewsDesk (Page 109)
FEATURE
on ५ पुष २०७६, शनिबार ११:२६
545 views 0 secs

बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् । महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मालतीको […]

FEATURE
on ५ पुष २०७६, शनिबार ११:०३
525 views 0 secs

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो । गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षकले बताए । घटना […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार १३:०८
487 views 0 secs

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ ।  जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे  र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् ।  ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार १२:४४
458 views 0 secs

भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ । भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार १२:२९
585 views 0 secs

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार १२:१७
441 views 0 secs

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो । प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् । प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

FEATURE
on ४ पुष २०७६, शुक्रबार १२:०४
489 views 0 secs

प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा एक जना व्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको वाग्मती नगरपालिका-८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ रहेका छन् । दुर्घटनाका क्रममा लाइसेन्स नभएका व्यक्तिको बदलामा लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा बिमा रकम दाबीका लागि सिफारिस बनाइदिन श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षकलाई १० हजार घुस दिन […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार ११:२८
683 views 1 sec

दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बिहीबार एक जना बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ शिवनगर बस्ने १२ वर्षीया बालिका बिजिता केसीको रहेकी छन् । बिजिता तुलसीपुरस्थित तुलसी माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनतर छात्रा हुन् । तुलसीपुर उपमहानगरपालिका-५ गोदाम घर नजिकै रा.१ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार ११:१४
417 views 0 secs

दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा धनुषामा १ जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुरुमा दुई […]

FEATURE
on ४ पुष २०७६, शुक्रबार ०७:०१
556 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा […]