१० मंसिर, काठमाडौं । सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि त्यो जोशले एक महिना काट्न पाएन । पर्याप्त पूर्वतयारी नगरी तामझाम देखाइहाल्ने हतारो नै त्यसको कारण […]
१० मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। देश टाट पल्टिँदा नेता टाट नपल्टिने […]
१० मंसिर, काठमाडौँ। पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। […]
नेपाली काँग्रेसका १३ वटा भ्रातृ सङ्गठनहरू छन्। पार्टीमा युवा, विद्यार्थी, महिला, जातजाति जोड्दै जाने उद्देश्यले भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गरेको काँग्रेस नेताहरुले बताउँदै आएका छन्। तर, तिनका आवधिक महाधिवेशन त टाढाको कुरा लामो समयसम्म केन्द्रीय समितिसमेत गठन नहुने अवस्था रहेको छ। बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न काँग्रेसलाई महाभारत नै […]
सप्तरीमा मानवबेचबिखन तथा ओसार पसार आरोपमा होटेल सञ्चालक र प्रबन्धक पक्राउ परेका छन्। राजविराज नगरपालिका-३ लक्ष्मी गेष्ट हाउस सञ्चालक सोही नगरको वडा-६ बस्ने ५७ वर्षीय अरूणचन्द्र मिश्र र गेष्ट हाउस प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल पक्राउ परेका हुन्। गेष्ट हाउसमा जबरजस्ती वेश्यावृती भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ जबरजस्ती वेश्यावृत्ति गराउने कार्य भइरहेकै […]
१० मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो । आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य […]
१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो । आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य […]
१० मंसिर, काठमाडौं । पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए । उनलाई सिभिआर चिप्लेढुंगा […]
श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला […]