
काठमाडौं – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटका लागि खेलाडी दर्ताको आवेदन बुधवारबाट खुला भएको छ। आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ।
यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ। खेलाडीले फर्म भर्दा न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन्।
फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेब पोर्टल www.dplofficial.com मा लगइन गर्नुपर्नेछ। फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ। फर्मको शुल्क १ हजार तोकिएको छ।
६ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।