
बीबीसी। नेपाल सरकारले नेपालमा दुई हजार, पाँच सय र दुई सय रुपैयाँका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ। यी नोट भारतमा २०१६ मा भएको नोटबन्दीपछि ल्याइएको थियो।
८ नोभेम्बर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० हजारका नेता बन्द गर्ने घोषणा गरेका थिए। त्यसको करिव दुई वर्षपछि नेपालमा नोटबन्दी पछि ल्याइएका नयाँ नोटलाई गैरकानुनी घोषित गरिएको हो।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गोकुल बास्कोटाले सोको जानकारी दिएका हुन्। ‘दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट राख्नु, पैसा दिएर सामान किन्नु र भारतबाट त्यस्ता नोट नेपाल ल्याउनु गैरकानुनी हो, उनले भने।
भारतीय मुद्रा नेपालमा सजिलैसँग चल्ने गरेका थिए। नेपालमा अहिले पनि धेरै मानिससँग पुराना भारतीय रुपैयाँ छन्। एक पटक नेपाल राष्ट्र बैंकले आफूसँग करिव आठ करोड भारतीय रुपैयाँ रहेको जनाएको थियो। भारतका पुराना नोट मुद्दामा नेपालमा भारतप्रति आक्रोश थियो।
नेपालका विदेशी मिनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले सेप्टेम्बर २०१८ मा भारतले आफुना पुराना नोट किन नसाटेको भन्दै प्रश्न गरेका थिए। यो प्रश्न भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा आएका बेला गरिएको थियो। त्यतिबेला प्रधानमन्त्री केपी ओलीले पनि मोदी समक्ष यो मुद्दा उठाएका थिए।
प्रधानमन्त्री तहको छलफल भएपनि यो विषयमा कुनै प्रगति नभएपछि नेपालमा भारतप्रतिको आक्रोश यथावत थियो। शायद यही कारणले नेपाल सरकारले भारतीय नयाँ नोटलाई अवैध घोषित गर्ने निर्णय लिएको हुन सक्ने बीबीसी हिन्दीले जनाएको छ।यद्यपी नेपाल सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ नोटबाहेक अन्य नोटका विषयमा भने केही बताएको छैन।