
नेपाल राजनैतिक बृत्तमा सहमति हुन नसकेको बेला कलाकार शिशिर भुसाल ले गीत संगीतको माध्यम बाट सहमतिको कुरा गरेका छन । गायक भुसाल ले गीती एल्बम सहमतिमा तेस्तो कुरा उल्लेख गरेका छन ।बैकुण्ठ महतको सब्द सङ्गीत मा वास्तबिक प्रेम बियोगान्त लोक दोहोरी गीत ( “सहमति” ) बजारमा सार्बजानिक भएको छ ।गीत सङ्गीत प्रतिको अथाह रुची र अबिरल मेहनतका कारण गीत गायनको बिधा बाट परिचित शिशिर भुसाल बिशेष गरी नव आगन्तुक देखी साङ्गीतिक छेत्रका बिसिस्ट ब्यक्तित्व सम्म सहकार्य गर्न सक्ने खुबीका कारण निरन्त गीत संगीतमा
आफुलाई लोक तथा दोहोरी गीत गायनमा फरक पहिचान बनाउन अग्रसर भुसाले यसपाली आफ्नो ” सहमति” बजारमा लिएका छन । यसपाली अग्रज सस्टा बैकुण्ठ महत सँग सहकार्य गरेका छन ।
बिष पिउदिन जादिन झुन्डिन
जिन्दगी हो के पर्छ कुन दिन
माया सफल हुदैन लाउने जतिमा
दोष लगाउँदै टाडिन नखोजन मायालु बरु रुदै छूटौला सहमतिमा
फरक कथा बस्तुमा तयार पारिएको यस गीत को म्युजिक भिडियो समेत बजारमा सार्बजानिक भएको छ ।
यस भिडियोमा चर्चित मोडेल सारिका के सी र राजेश सिँह ले अभिनय गरेका छन भने भिडियो निर्देशक देबेन्द्र अधिकारीले गरेका छन। बरदान डिजिटल प्रालि बाट बजारमा आएको र चर्चा पाउनेमा कम्पनिका संचालक गायक बैकुण्ठ महतले बताउनु भयो । यस गीत मा पूर्णकला बिसी र शिशिर भुसालको आवाज रहेको छ । सहमति ले पनि भुसालका अघिल्ला गीतहरुले झै चर्चा पाउने र स्रोता दर्सक को मन जित्ने कुरामा ढुक्क रहेको गायक भुसाले बताउनु भयो ।
समय अनुकुल आफ्ना सृजनामा स्थापित गायक गायिका देखी नव आगन्तुक सम निरन्तर सहकार्य गरिरहेको बताउने भुसालको यस अघी
हाम्रो नाता टुट्यो के कारण । । ।
आमा एल्बम । । ।
अब साइनो छैन केहीपनि। । ।
सोझो मनले अझै पनि तिम्रै हुनी भन्छ। ।
बुटवलमा भेट भाको रोयला गीत। । ।
यसपालिको दशै र तिहारमा दशै गीत।।।।
हरेक पलमा । । । र अहिले
“सहमति” लगायत दर्जन गीत बजारमा लिएका छन ।
म्युजिक खबर म्युजिक अवार्ड ;बिन्दाबासिनी म्यूजिक अवार्डमा टप 5 भित्र पर्न सफल गायक भुसाल गीतकार गणेश चौलागाइ सँग को सहकार्य सुरु देखिनै रहेको र आत्मीयता भएको जानाकरी दिए ।
आफु जहाँ र जस्तो अवस्था मा भएपनी नेपाली गीत लेखन लाई नछोड्ने अठोट ब्यक्त गर्ने गायक शिशिर भुसाल कती सम्म निरन्तर रहलान त्यो भने समयएले नै बताउला ।