707 views 0 secs 0 comments

अग्रिम टिकट खुल्ला, दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढ्यो

In देश, सूचना-प्रबिधि
७ आश्विन २०७५, आईतवार ०७:४४

काठमाडौं सरकार यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तेलको मूल्य बढेसँगै यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकारले १० प्रतिशत भाडा बढाउन सहमती जनाएको हो।

तेलको मूल्य बढेको भन्दै असोज गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ यातायात व्यवसायीलै रोकेपछि आज व्यवसायी सरकारबीच मूल्य बढाउने सहमति भएको हो। भाडा बढाउने सहमति भएसँगै अग्रिम टिकट बुकिङ्ग पनि सुचारु हुने भएको छ।