1113 views 0 secs 0 comments

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

In देश
२६ माघ २०७३, बुधबार ०५:३८

पाल्पा, माघ २६— पाल्पामा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।बुधबार बिहान कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वर्षकी सविना बगाले मगरको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिएको हो ।