भीसा नपाएकी साम्राज्ञी ‘इन्टु मिन्टु लन्डनमा’का लागि कसरी बेलायत पुगिन् ?

In मनोरञ्जन
२३ पुष २०७४, आईतवार १६:४९

काठमाडौं । बेलायतको भीसा नलागेर समस्यामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अन्ततः वैकल्पिक उपाय अपनाएर लन्डन पुगेकी छन् ।

फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को छायांकनका लागि बेलायतको भीसा लिने प्रयास गर्दा पटकपटक असफल भएकी साम्राज्ञी भारतको नयाँदिल्लीबाट भीसा प्राप्त गर्न सफल भएकी हुन् ।

‘इन्टु मिन्टु लन्डनमा’का कलाकार धीरज मगरले सामाजिक सञ्जालमा फोटो हाल्दै साम्राज्ञी लन्डन पुगेका पुष्टि गरेका छन् । नेपालमा छायांकन गरिसकेको फिल्मको बाँकी दृश्य बेलायतमा छायांकन गरिने जनाइएको छ।

रेनसा वान्तवा राईले निर्देशन गरेको ‘इन्टु मिन्टु लन्डनमा’का लागि अभिनेत्री र सिनेमाटोग्राफरले भीसा पाउन निकै सकस भएको सूत्र बताउँछ। फिल्मको छायांकन रवि न्यौपानेले गरिरहेका छन् ।