631 views 0 secs 0 comments

नेताहरुको खिटापिटीका कारण देशको भबिष्यनै अन्यौलमा पर्दै

In देश, राजनीति
९ पुष २०७४, आईतवार ११:४३
पौष ९, पहिलो चरणको निर्वाचन भएको एक महिना हुनै लाग्दा पनि समानुपातिक तर्फको नतिजा सार्वजनिक नहुदा मुलुक नै अन्यौलमा परेको छ । दलहरुकाबीचमा असहमती र कानुनी अस्पष्टताका कारण निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसकेको हो । तर निर्वाचन आयोगले भने नतिजालाई अन्तिम रुप दिने तयारी भईरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आयोगले नतिजा सार्वजनिक हुन अझै करिब एक हप्ता लाग्न सक्ने जनाएको छ ।

आयोगले परामर्श भईरहेको बताएपनि नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले भने नियतबस ढिला भईरहेको आरोप लगाउनुभयो । सरकारको नेतृत्व गरिरहेको काँग्रेसले सत्ता लम्व्याउने नियतले निर्वाचन आयोगलाई प्रभावित पारेर नतिजा सार्वजनिक गर्न ढिलाई गराएको नेता ज्ञवालीको भनाई छ ।

तर सरकारको नेतृत्व गरिरहेको काँग्रेस भने एमालेको आरोप स्विकार्न तयार छैन । काँग्रेसले राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश प्रमाणीकरण नगरेकाले ढिला भएको बताएको छ । काँग्रेस नेता बालकृष्ण खाणले अध्यादेश प्रमाणीकरण भएलगत्तै नतिजा सार्वजनिक हुने बताउनुभयो ।

दलहरुको आ आफ्नै अडान र स्वार्थको दाउका कारण निर्वाचनको नजितालाई मात्रै ढिलाई भईरहेको छैन, यस्ले दलहरुको संस्कार समेत झल्काईरहेको छ । समाधान तिर लाग्ने भन्दा गाँठो कस्ने मै नेताहरु निहुँ खोजे जस्तो दखिएको छ । त्यसैले तत्काल निकास दिने तर्फ दलहरु जिम्मेबार बन्न आवश्यक देखिएको छ ।