551 views 4 secs 0 comments

फास्ट ट्रयाकका लागि बारामा यसरी गरिँदै छ रूख फँडानी, फोटो

In देश
२ पुष २०७४, आईतवार १४:०३
पुस २, २०७४ महेश्वर अधिकारी- बारा : काठमाडौं–निजगढ दु्रत मार्ग फास्ट ट्रयाकको लागि बारामा पुनः रूख काटन सुरु भइरहेको छ। नेपाली सेनाका सहायक रथी (जर्नेल) भरत बहादुर खड्काले धार्मिक विधिअनुसार पूजा गरेर रुख कटानको शुभारम्भ गरेका थिए। नेपाली सेनाको टोलीले पूर्वपश्चिम राजमार्गसँग जोडिने बाराको निजगढ-८ स्थित बकैया नागमणी वन समूहको वन क्षेत्रबाट रूख कटान सुरु गरेको हो। अहिले कायम ट्रयाकको मध्य विन्दुबाट १५ मिटर दायाँ/बायाँ क्षेत्रमा पर्ने रुख काट्न थालेको हो। बारातर्फ बकैया नागमणिसहित कछडिया, बाघभैरव सामुदायिक वन क्षेत्र हुँदै ८ किलोमिटर फास्ट ट्रयाक मकवानपुर छिचोलिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। गत जेठ २० गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाकको शिलान्याससमेत गरेका थिए। फास्ट ट्रयाक बनाउन दबाब फास्ट ट्रयाक बनाउन यहाँका युवाहरुले संघर्षका कारण घोषणा गरेर चरणबद्ध आन्दोलन गरेका थिए। फास्ट ट्रयाक स्वदेशी लगानीमा सार्वजनिक सडकको रुपमा निर्माण गर्न दबाब दिन स्थानीय युवा रविराज दंगलको नेतृत्वमा यहाँका ६२ जना युवाहरुले निजगढदेखि काठमाडौंसम्म पैदल यात्रासमेत गरेका थिए। फास्ट ट्रयाक प्रवेशद्वारमा रिले अनशनसमेत बसेका थिए। तत्कालीन प्रधानमन्त्री प्रचण्डले रिले अनशनलाई सम्बोधन गरेका थिए।
Read more at: http://thahakhabar.com/news/28366