गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

In राजनीति
११ मंसिर २०८०, सोमबार १६:२८

११ मंसिर, काठमाडौं ।

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबगौशालामा प्रदर्शन भएको छ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।

प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, स्थितिलाई विग्रिन नदिन उनलाई पक्राउ गरिएको हो ।

प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।