
कुनै बेला नेपाली बजारमा एक छत्र राज गरेको गीत मान्छे सानी सानी केही समय युट्युब बाट पनि हटाउने प्रयास भयो ।
कमल भुसाल चञ्चल ले बनाएको एक फरक खालको नेपाली गीत मा पञ्चेबाजा कौडा पप र्याप सबै राखेर एउटै गीत लाई खिचडी जस्तै मसला भोरेका थिए ।
गीत को शब्द अनुसार को मोडेल हाल्ने भन्दै ज्योती मगर र अर्चना पनेरु लाई सँगै नचाएका कमलले गीत मा चर्चा मात्र बतुलेनन् गाली पनि त्यत्तिकै खाए ।
अर्की राम्रो नाचेर सर्वाधिक चर्चा मा आएकी करिश्मा लाई पनि ज्योती सँगै भिडाएर देखाए ।
आँचल का नक्कली केटी हरु को लाई खाई र चल चलन लाई चोटिलो प्रहार गरेर बनाएको गीत मान्छे सानी सानी फेरि अहिले सन्देश नेपाल टिभि नामक युट्युब च्यानल ले पोस्ट गरे लगत्तै फेरि विवाद सुरु हुने निस्चित छ ।किनकि ज्योती मगर र अर्चना पनेरु एउटै भिडियो मा सँगै नगर्ने भने पछि पहिले भिडियो गर्दा कमल ले ज्योती र करिश्मा को भाग लाई काठमाडौं र अर्चना लाई पप पार्ट मात्र अलग गर्ने हो भनेर बुटवल लागेर भिडियो गराएका थिए ।
पछि एकै ठाउँमा राखेर भिडियो बजार पठाएको था पाएर अर्चना पनेरु को आमा छोरी Music Nepal को अफिस सम्म भिडियो हटाउन माग गर्दै पुगे ।
तर कमल चञ्चलले एग्रिमेन्ट गरेर सिग्नेचर गराई भिडियो गरेको र मागे जति पैसा दिएकोले गीत नहटाउने अडान गरे ।
विवाद चर्किदै जाँदा एक तिर मोडेल को विवाद थियो भने अर्को तिर
नेपाली मौलिक पञ्चेबाजा मा पप र र्याप मिसाएको भन्दै कमल ले माया र गाली बराबर पाउन थाले ।
तर , शब्द भने धेरै नै सन्देश मुलक र मौलिक भएको त्यसै गरी भिडियो मा पनि गीत अनुसार को मौलिक नाच देखाएको ले दर्शक हरु ले मायाको कमी गराएनन् ।
फेरि त्यै गीत लाई युट्युवमा राखे पछि हराएकी अर्चना पनि फेरि
सन्देश नेपाल को अफिस खोज्दै न आउलिन् भन्न सकिन्न तर कमल ले गीत पोस्ट गरेरै छोडेका छन् ।
दर्शक मा राम्रो सन्देश दिन कै लागि मोडेल हरु यस्तै रोजेको र शब्द ले प्रभाव परेको कमल को भनाई छ ।
गीतमा शब्द संगीत परिकल्पना र स्वर पनि कमल कै छ ।
भिडियो निर्देशन पनि कमल आफैंले गरेको थिए भने
क्यामेरा मा उत्सव दाहाल ले र बुटवल मा दीपक श्रेष्ठ ले खिचेका थिए ।
हेरौ सोही गीत मान्छे सानी सानी को भिडियो ।
https://youtu.be/7yMyGedibks