बाबुराम र प्रचण्ड हुने भए फेरी एउटै ढिक्का …

In राजनीति
५ फाल्गुन २०७७, बुधबार ०७:५२

कमल भुसाल काठमाण्डौं ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तकगुमनाम आमाहरुको कथासार्वजनिक भएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राई लगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो। विमोचन समारोहले प्रचण्ड भट्टराईलाई एउटै मञ्चमा लामो समयपछि भेट गराएको छ।गुमनाम आमाहरूको कथापढेपछि हिजोका स्मरण ताजा भएको प्रचण्डले बताए।

पुस्तक विमोचनपछि धारणा राख्दै प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा एजेण्डामा आफूहरू एकै ठाउँमा रहेकोबताए।

प्रचण्डले भने, ‘अहिले बाबुरामजी एउटै पार्टीमा छैनौं। तर, मुद्दा एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं।

इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए।

हामीलाई इतिहासले अलग हुन दिँदैन। ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन्,’ उनले भने।

गुमनाम आमाहरूको कथाभित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको प्रचण्डले बताए।