धरान , पोखरा र नेपालगञ्जमा पनि कोरोनाको परिक्षण गर्ने …

In स्वास्थ्य/जीवनशैली
११ चैत्र २०७६, मंगलवार १८:३४

कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।