637 views 0 secs 0 comments

सदरमुकाम भित्रै अवैध मदिराको पसल

In देश, समाज
६ मंसिर २०७४, बुधबार १४:४३

ओखलढुंगा — जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले मंगलबार अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा छापामार्ने क्रममा उक्त परिमाणको मदिरा भेटिएको हो ।
संघिय प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिए सगै अबैधानिक रुपमा उत्पादन गरि बेचविखन हुदै गरेको घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले तिब्रता दिएको छ । विगत केही दिन देखी बजार क्षेत्रका होटल तथा पसलहरुवाट प्रहरीको टोलीले अबैधानिक मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने कार्यलाई तिब्रता दिएको छ ।
अबैध मदिरा उत्पादन तथा विक्रि वितरणको कार्यलाई नियन्त्रण गर्न प्रहरी सदैव लागि रहेपनि चुनावको बेलामा विशेष अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक अर्जुन प्रसाद तिमल्सीनाले बताए ।
पहिलो पटक भएकोले मदिरालाई नियन्त्रणमा लिई नष्ट गरेर व्यापारीलाई छाडिएको र पुन फेला परेमा आवश्यक कार्वाही प्रकृया अगाडी बढाएर कार्बाही गर्ने पनि उनले बताए ।
तर व्यापारी पासाङ शेर्पाले भने आफ्नो परिवारको अन्य पेशा केही नभएकोले घर खर्च चलाउन र बच्चाहरुको पढाई खर्च जुटाउन घरेलु मदिरा उत्पादन गर्न बाध्य भएको दाबी गरे ।