542 views 0 secs 0 comments

नेपालको जडिबुटी निकासी ६ महिनादेखि ठप्प…

In देश
८ श्रावण २०७६, बुधबार १६:४२

विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ ।
भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प छ । भारतको संशोधित प्लान्ट क्वारेन्टाईन सूचीमा नपरेको भन्दै नेपाली जडिबुटी भारतीय भन्सारले जाँचपास रोकिदिएको हो ।