समाज
४ फाल्गुन २०७६, आईतवार १२:१६
621 views 0 secs 0

वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ…

काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार छन् । कुवर र शिल्पकारले गत माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालक खिलबहादुर रानामाथि […]

समाज
४ फाल्गुन २०७६, आईतवार ११:१२
603 views 0 secs 0

बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते…

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । घाइतेको  पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र  ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले […]

समाज
४ फाल्गुन २०७६, आईतवार १०:५७
966 views 0 secs 0

काभ्रामा १७ वर्षीया युवतीको घाँटी रेटेर हत्या…

सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको छ । हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपीले बताए । ‘शुक्रबार राति ९ […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १७:५४
792 views 0 secs 0

भ्यालेन्टाइनडे को दिन राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आत्महत्याको प्रयास…

प्रणय दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १७:४१
547 views 0 secs 0

जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु…

काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो । भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १६:११
602 views 0 secs 0

मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला…

मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए । अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । शुक्रबार […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १३:२६
541 views 0 secs 0

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु…

बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । ट्रकको ठक्करबाट […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १३:०९
579 views 1 sec 0

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु…

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो । ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

समाज
२ फाल्गुन २०७६, शुक्रबार १२:०९
593 views 0 secs 0

करणी आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै कपिलवस्तुमा प्रदर्शन…

आफ्नै उद्योगमा कार्यरत एक बालिकालाई जबरजस्ती करणीको आरोप लागेका आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन् । कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ […]

देश, समाज
२ फाल्गुन २०७६, शुक्रबार ११:०३
528 views 0 secs 0

आफ्नै पेटमा गोली हानेका प्रहरी गम्भीर घाइते…

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।  महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।   उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए । […]