आर्थिक, समाज
६ मंसिर २०८०, बुधबार १३:३०
12 views 0 secs 0

दाङमा यसवर्ष धान उत्पादनमा वृद्धि

६ मंसिर, काठमाडौँ। दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार […]

देश, समाज
६ मंसिर २०८०, बुधबार ०९:५४
11 views 0 secs 0

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै

६ मंसिर, काठमाडौँ। पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ। सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन्। केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी  रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ,  […]

देश, समाज, सूचना-प्रबिधि
६ मंसिर २०८०, बुधबार ०८:२४
12 views 0 secs 0

‘VPN प्रयोग गरि टिकटक चलाउने क्रममा, डाटा चोरी हुनसक्ने’

६ मंसिर, काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट […]

देश, मृत्यु, समाज
६ मंसिर २०८०, बुधबार ०७:३४
12 views 0 secs 0

हात्तीको आक्रमणबाट झापामा भुटानी शरणार्थीको मृत्यु

६ मंसिर, काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा […]

देश, समाज
५ मंसिर २०८०, मंगलवार १९:१०
14 views 0 secs 0

मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

५ मंसिर, काठमाडौँ । काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०३१ […]

समाज, सूचना-प्रबिधि
५ मंसिर २०८०, मंगलवार १८:०७
11 views 0 secs 0

अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

५ मंसिर, काठमाडौँ। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। अनलाइन जुवामा बाजी राख्दा जित्ने आश्वासन दिएर सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले ललितपुरको विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ […]

समाज
५ मंसिर २०८०, मंगलवार १६:१७
15 views 0 secs 0

गुल्मीका दुई स्थानीय तहमा बिहिबार सार्वजनिक बिदा

५ मंसिर, काठमाडौँ। गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन । दुई पालिकाले आज सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएका  हुन । महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय […]

देश, समाज
५ मंसिर २०८०, मंगलवार १४:५०
13 views 0 secs 0

माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक […]

राजनीति, समाज
५ मंसिर २०८०, मंगलवार ११:४९
16 views 0 secs 0

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही […]