विश्व
१९ मंसिर २०७५, बुधबार ११:१९
796 views 0 secs 0

इन्डोनेसियाको निर्माणाधीन परियोजनामा विद्रोहीको आक्रमण, ३१ कामदारको मृत्यु…

इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

विश्व
१८ मंसिर २०७५, मंगलवार १३:१५
913 views 0 secs 0

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पले पठाए पत्र, के छ पत्रमा?

इस्लामावाद- अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन्। पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन्। अफगानिस्तानमा १७ बर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान […]

विश्व
१७ मंसिर २०७५, सोमबार १२:५५
658 views 0 secs 0

म्याक्रोंले बोलाए अर्जेन्ट सुरक्षा बैठक

पेरिस (बिबिसी) – सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्। पेट्रोलियम पदार्थमा भएको कर वृद्धि र बढ्दो महँगीविरुद्ध भन्दै केही सातादेखि फ्रान्समा ‘पहेंलो भेस्ट’ नामक प्रदर्शन भइरहेको छ। तेस्रो सातामा प्रवेश गरेको शनिबारको प्रदर्शन दंगाग्रस्त भएको थियो। प्रदर्शनकारीहरुले प्रहरीमाथि कडा पहेंलो रंग छ्यापेका थिए।राष्ट्रपति म्याक्रोंले […]

विश्व
१५ मंसिर २०७५, शनिबार १६:४७
831 views 0 secs 0

सि, पुटिन र मोदी त्रिपक्षीय सहयोग विस्तारमा सहमत

बुनस एयर। चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको बताइएको छ। विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका […]

विश्व
१५ मंसिर २०७५, शनिबार ०९:००
871 views 0 secs 0

पाकिस्तानी रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा

पाकिस्तान । पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ । मुलुकले भूक्तानी सन्तुलनको अत्यधिक समस्याबाट गुज्रिरहेका समय पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग यस बर्षमात्रै छैठौँ पटक कमजोर देखिएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खाँनले सरकार गठनका एक सय दिन पुगेको अवसरमा आफूले धेरै कुराहरूमा […]

विश्व
१४ मंसिर २०७५, शुक्रबार ११:४३
846 views 0 secs 0

श्रीलंकाली संसद्द्वारा प्रधानमन्त्रीको बजेट कटौटी

कोलम्बो – श्रीलंकाली संसद्ले बिहीबार प्रधानमन्त्री कार्यालयको बजेट कटौटी गरेको छ। विवादित प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अप्ठेरो पार्ने उद्देश्यले संसद्ले प्रधानमन्त्री कार्यालयको बजेट कटौती गरेको बताइएको छ। हप्तौं लामो राजनीतिक गत्यावरोधकै बीच संसद्मा भएको मतदानमा राजापाक्षे पक्षधरले भाग नलिएपछि श्रीलंकाली राजनीतिमा थप तरंग उत्पन्न भएको छ। देशको संसद्ले मतदानमा राजापाक्षे समर्थक सांसद उपस्थित नभएपछि उनलाई अप्ठेरो […]

विश्व
१२ मंसिर २०७५, बुधबार १२:४६
814 views 0 secs 0

बेलायती पूर्वप्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङ र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताएका छन्। ली निकट स्रोतले बताएअनुसार बेइजिङको जोङनानहाई परिसरमा भएको भेटमा चिनियाँ प्रधानमन्त्रीले […]

विश्व
११ मंसिर २०७५, मंगलवार ११:३०
727 views 0 secs 0

युक्रेनी जहाज रुसी कब्जामा

किभ – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ। युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको आरोप लगाएको छ। रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाज अनधिकृत […]

विश्व
१० मंसिर २०७५, सोमबार १५:२१
780 views 0 secs 0

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

किभ – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ। युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ भने रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु […]

विश्व
९ मंसिर २०७५, आईतवार १४:४८
873 views 0 secs 0

युरोपेली नेताहरुले हस्ताक्षर गर्ने ब्रेक्जिट सम्झौतामा

ब्रसेल्स– युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको ‘सुन्दर भविष्य’ हुने दाबी गरेकी छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त […]