देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १०:५९
622 views 4 secs 0

भ्रष्टाचारका पाँच सय मुद्दा सर्वोच्चमा अड्किए

  काठमाडौं: सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने’ को सूचीमा परे। न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा भ्रष्टाचारका मुद्दा पेसीमा चढाइएको थियो। ०६० सालमा भ्रष्टाचार मुद्दा चलाइएका पोखरेलले २०६९ चैतदेखि सर्वोच्चमा तारिख खेपिरहेका छन्। पाँच वर्षदेखि मुद्दाको पालो कुरेर […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १०:५४
596 views 4 secs 0

कांग्रेसले गठबन्धन अझै कस्ने

काठमाडौं : वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्। कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १०:५०
625 views 3 secs 0

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

  काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार २३:५८
652 views 0 secs 0

सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुखलाई

काठमाडौँ । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् । यसअघि, गृहमन्त्रालयद्वारा आज […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार २३:१५
876 views 0 secs 0

रौतहट बम काण्डका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड (भिडियो)

काठमाडौँ । रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् । मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार २२:५४
668 views 6 secs 0

अब नाकाबन्दीका युग सकिए: ओली

  भैरहवा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बाहानामा नेपालमाथि नाकाबन्दी गर्न युग सकिएको बताएका छन्। भारतसँग कांग्रेसले सम्बन्ध बिग्रेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको भन्दै उनले चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको बताए। ‘मैले जब चीनसँग पारवहन लगायतका सम्झौता गरे त्यसदेखि नाकाबन्दीको युग सकियो, नेपाल चीन र भारत दुबै तर्फबाट समुन्द्रसँग जोडिएको […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार २२:५१
795 views 0 secs 0

तीन वरिष्ठ सह-सचिव सचिवमा बढुवा

काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो। प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्। बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार २२:४९
673 views 6 secs 0

नेताज्‍यू, कहिलेबाट जहाज नियमित उड्छ?’

  कालिकोट : ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन। एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन।पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ। विमानस्थल सञ्चालन नहुँदा अहिले मतदाता सार्वजनिक रूपमै आक्रोश पोख्न थालिरहेका छन्। बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन कम्ती हम्मेहम्मे परेको छैन। किनभने जिल्लाका मतदाताले […]

देश, राजनीति
६ मंसिर २०७४, बुधबार १४:३३
634 views 0 secs 0

नेकपाका एकजना कार्यकर्ता पक्राउ

  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अारोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो। आवश्यक सोधपुछ र अनुसन्धानका लागि […]

देश, राजनीति
६ मंसिर २०७४, बुधबार १४:३०
574 views 0 secs 0

चुनावविरोधी गतिविधिमा संलग्न ३ सय ५३ जना पक्राउ

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। ‘पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन्’, न्यौपानले भने, ‘निर्वाचन सुरक्षाका लागि हामीले उच्च सतर्कता अपनाएका छौँ।’ […]