देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:३४
668 views 4 secs 0

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

मंसिर २२, २०७४-जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समूहले राखेको वम बिस्फोट भएको हो । मतपेटिका लिएर आउने गाडीलाई लक्षित गरी विस्फोटन गराइएको बमले क्षति भने […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:३१
667 views 3 secs 0

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।   http://bit.ly/2BKplFp

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:०८
622 views 4 secs 0

निर्वाचन शान्तिपूर्ण : गृह

मंसिर २२, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार भएको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको छ । छिटफुट विस्फोट र झडपका घटना भए पनि निर्वाचन शान्तिपूर्ण भएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सर्लाही र स्याङ्जामा भएका झडप नियन्त्रण गर्न हवाई फायर गरेको छ । अन्य स्थानमा भने अत्यधिक बल प्रयोग गर्नुपर्ने वा फायर खोल्नुपर्ने अवस्था नआएको प्रहरीले […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:०२
675 views 2 secs 0

महिला छापामारदेखि पहिलो प्रतिनिधिसभा सदस्यसम्म

मंसिर २२, २०७४-तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ । २०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७औं जिल्ला रुकुम (पूर्व)बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार ११:००
617 views 2 secs 0

बाबुराम र नारायणकाजीबीच गणनामा पनि कडा टक्कर

मंसिर २२, २०७४-गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:५९
573 views 4 secs 0

सकियो संक्रमणकाल [टिप्पणी]

मंसिर २२, २०७४-संविधानसभाले जारी गरेको संविधानअनुसार बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै झन्डै १२ वर्ष लामो संक्रमणकाल सकिएको छ । संघीय संरचनाअनुरूप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका हुन् । निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसद्को माथिल्लो सदन […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:५७
624 views 4 secs 0

‘कांग्रेससँग सहकार्य हुन्छ’

मंसिर २२, २०७४-माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच एकीकरणपछि पनि कांग्रेससँग सहकार्य हुने बताएका छन् । चितवन ३ का उम्मेदवार दाहालले बिहीबार आफ्नै गाउँ भरतपुर १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा मतदान गर्दै यस्तो बताएका हुन् । ‘पार्टी एकीकरण गर्ने संकल्पसहित वाम गठबन्धन बनेको हो,’ उनले भने, ‘पार्टी एकता हुन्छ, जनताको अघि प्रतिबद्धता गरिसकेका […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:४५
624 views 0 secs 0

आठ दिनभित्रै सबै मतपरिणाम, यसरी मिलाइएको छ व्यवस्था

काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:४३
656 views 0 secs 0

६७ प्रतिशत मत खस्यो : सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान

काठमाडौं : बिहीबार ४५ जिल्लामा सम्पन्न चुनावमा ६७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार यो आँकडा प्रारम्भिक हो। यो प्रतिशत बढ्न सक्ने आयोगको भनाइ छ। यो पहिलो चरण अर्थात् मंसिर १० गते सम्पन्न निर्वाचनभन्दा केही प्रतिशत बढी हो। आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ। संघ र प्रदेशको दोस्रो चरण चुनावअन्तर्गत […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:४२
740 views 2 secs 0

स्थानीय तहबाट सेवा प्रवाह, जिल्ला कार्यालयमा चाप घट्यो

सुर्खेत : कुनै वेला निकै भीडभाड हुने जिल्ला पशुसेवा कार्यालयमा चहलपहल घटेको छ । वीरेन्द्रनगरमा रहेको कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । कार्यालयका कर्मचारी पनि गाउँ पसेका छन् । यस कार्यालयबाट प्रवाह हुने सेवा-सुविधा अहिले स्थानीय तहबाट उपलब्ध हुन थालेपछि पाँच महिनायता यो कार्यालय सुनसानजस्तै छ । सेवाग्राहीको चापका कारण सधैं भीडभाड हुने जिल्ला समन्वय […]