राजनीति
२२ पुष २०७८, बिहीबार १६:०१
1375 views 0 secs 0

संयोजक पौडेलका अनुसार संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्ने…

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् । उनले […]

राजनीति
२१ पुष २०७८, बुधबार १८:१०
370 views 0 secs 0

अबको चुनावमा एमालेले एक सिट पनि जित्दैन : महेन्द्र यादव

कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अबको चुनावमा एमालेले एक सिट पनि नजित्ने दाबी गरेका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा यादवले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने पनि यादवको भनाइ छ । उनले भने, ‘अब जनताले यसअघि गरेको […]

राजनीति
२१ पुष २०७८, बुधबार १२:०३
328 views 0 secs 0

कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍याे…

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरि सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो । अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । […]

राजनीति
२० पुष २०७८, मंगलवार १०:१९
494 views 0 secs 0

राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज…

आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो । चुनाव […]

राजनीति
१९ पुष २०७८, सोमबार १८:१४
381 views 0 secs 0

पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

पदाधिकारी चयन नगरि नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक सकिएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ । तर आज साेमवार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेर सकिएको छ । अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज तयारी नपुगेकाले अर्को बैठकले पदाधिकारी चयन गर्ने उहाँको […]

राजनीति
१३ पुष २०७८, मंगलवार १५:४८
367 views 0 secs 0

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन : माधवकुमार नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताए । वंश विशेषको […]

राजनीति
११ पुष २०७८, आईतवार १९:४४
310 views 0 secs 0

तत्कालीन माओवादी र एमालेबीचको एकता गलत थिएन : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताउनुभयो । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो […]

राजनीति
१० पुष २०७८, शनिबार १४:१७
345 views 0 secs 0

अनुदानमा आएको रकम फिर्ता होस् भन्ने चाहँदैनौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर र प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कयौं सम्झौताबाट उठेका प्रश्नहरुको जवाफ दिएर मात्रै अघि बढाउन सकिने बताएका हुन् […]

राजनीति
१० पुष २०७८, शनिबार १३:४६
378 views 0 secs 0

सबैको सभापति हुँ सबैको भावना समेटेर हिँड्छु : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् । सभापति देउवाले आफु सबैको सभापति भएको बताउँदै सबैको भावना समेटेर हिँड्ने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए । सभापति देउवाले भने, ‘म सबैलाई समावेश […]

राजनीति
१० पुष २०७८, शनिबार ११:४३
304 views 0 secs 0

परीक्षा बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय…

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ। शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गरेको जानकारी दिए। यसैगरी सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा […]