राजनीति
२५ मंसिर २०७४, सोमबार १२:०८
547 views 0 secs 0

देउवाको अपराजित यात्रा

 डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अपराजित यात्रालाई यसपटक पनि कायमै राखे । देउवाले ०४८ सालदेखि डडेल्धुरा जिल्लाबाट चुनाव जित्दै आएका छन् । देशभर वाम गठबन्धनको लहर देखिए पनि डडेल्धुरामा देउवाको विरासतलाई हल्लाउन सकेन । डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि देउवा विजयी भएका हुन् । गणनाको सुरुवाती चरणदेखि नै देउवाले प्रतिस्पर्धी […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:०५
740 views 0 secs 0

४0 स्थानको परिणाम आउन बाँकी

काठमाडौं : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ मध्‍ये अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। आइतबार ११ बजेसम्म १ सय २४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ४१ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ। कुल १ सय २४ स्थानको मतपरिणाम आउँदा ६८ स्थानमा एमालेले जितेको छ। २६ सिट जितेर माओवादी केन्द्र दोस्रो स्थानमा रहेको […]

देश, राजनीति
२५ मंसिर २०७४, सोमबार १२:०४
646 views 0 secs 0

बाँकेमा तीन पाटीलाई तीन सिट

प्रतिनिधिसभामा निर्वाचित फोरमका मोहम्मद इस्तियाक राई, नेकपा एमालेका नन्दलाल रोकाया र नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज। तस्बिर : अन्नपूर्ण नेपालगन्जः तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य दाबेदार दलहरुको समान मतपरिणाम आएको छ। पटक-पटकको निर्वाचनमा नेतृत्वहरु परिवर्तन हुँदै आएको बाँकेका तीनवटै क्षेत्रका प्रतिनिधिसभा सदस्यको मतपरिणाम तीनवटा पार्टीको पक्षमा आएको हो। मुख्य दाबेदार दलहरु […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:००
620 views 0 secs 0

कैलाली ४ मा लेखराज भट्टसहित वाम गठबन्धन विजयी

धनगढी :  कैलाली क्षेत्र न. ४ बाट वाम गठवन्धनका तीनै उमेदवार जितेका छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्ट विजयी भएका छन्। काग्रेंस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै भट्ट निर्वाचित भएका हुन्। भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी सुनिल […]

राजनीति
२५ मंसिर २०७४, सोमबार ११:५५
620 views 0 secs 0

सर्लाही ३ (क)बाट वामका डिल्लीप्रसाद उप्रेती विजयी

मलंगवा : सर्लाही क्षेत्र नम्बर ३ (क)मा वाम गठबन्धनका डिल्लीप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले नेपाली कांग्रेसका कपिलमुनी मैनालीलाई १३ हजार १ सय ९६ मतले पछि पार्दै विजयी भएका छन्। उप्रेतीले २० हजार २ सय ४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कपिलमुनी मैनालीले ७ हजार ५० मत प्राप्त गरेका छन्।

देश, राजनीति
२५ मंसिर २०७४, सोमबार ११:४९
680 views 0 secs 0

सुनसरी ३ मा मतगणना स्थगित : चौधरी र गच्छदारको कडा प्रतिष्पर्धा

सुनसरी :  सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ। रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान […]

राजनीति
२५ मंसिर २०७४, सोमबार ०७:१५
748 views 1 sec 0

यस्तो छ चितवन ३ को पछिल्लो मत परिणाम

चितवन । निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर तीनको पछिल्लो मत अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २९ हजार ८६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी रहेका राप्रपा प्रजातान्त्रिकका नेता पाण्डेले २२ हजार ३८१ मतसहित उनलाई पछ्याइरहेका छन् । दुईको मतान्तर […]

राजनीति
२५ मंसिर २०७४, सोमबार ०६:५१
586 views 0 secs 0

प्रचण्डकी बुहारी बिना मगर १९ हजार मतान्तरले विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेद्वार बीना मगर विजयी भएकी छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे।  माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।  

देश, राजनीति
२४ मंसिर २०७४, आईतवार १६:४१
786 views 0 secs 0

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार […]

देश, राजनीति
२४ मंसिर २०७४, आईतवार १६:३४
606 views 0 secs 0

रेशम चौधरीले चुनाव जितेपनि कानुनको कठघरामा उभ्याएरै छोड्ने एसपी घिमिरेको चेतावनी

प्रहरीका वरिष्ठ अधिकारी एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार रेशम चौधरी कैलाली १ मा चुनाव जित्ने अवस्थामा पुगेका छन् । प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका चौधरीविरुद्ध अदालतमा तीन वटा मुद्दा चलिरहेका छन् । तर, उनी फरार रहेकाले कारवाही अगाडि बढ्न सकेको छैन् । यस्तैमा राजपा […]