राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:३८
536 views 0 secs 0

प्रमुख र मुकाम तोक्न हच्कियो सरकार

काठमाडौं : प्रदेश प्रमुख नियुक्ति, अस्थायी मुकाम निर्धारण तथा अन्य केही राजनीतिक नियुक्ति गर्ने तयारी गरेको सरकार अन्ततः हच्किएको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम छिट्टै तोक्ने विषयमा प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भएको थियो। बिहीबारको बैठकले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने अनुमान गरिएको भए पनि बिहीबार मन्त्रिपरिषद् बैठक […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:३४
546 views 0 secs 0

पर्वतमा २२ उम्मेदवारको जमानत जफत

तस्बिरः माया अधिकारी कुश्मा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका पर्वतका २२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण २२ जना उम्मेदवारको जमानत जफत भएको हो । पर्वतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा १ र २ मा पनि दुई÷दुईजना मात्र उम्मेदवारले जमानत बचाउन सके । बाँकी […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:३३
574 views 1 sec 0

मतदातालाई धन्यवाद दिन घरदैलोमा

गुल्मी : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधि र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । निर्वाचन क्षेत्र नं १ बाट एमाले सचिव प्रदीप ज्ञवालीले विजय हासिल गरेका छन् । […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:३०
713 views 0 secs 0

राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवास

प्रदेश ४ का मुख्यमन्त्रीको आवासका लागि प्रस्तावित तत्कालीन राजपरिवार सदस्य पोखरा आउँदा बस्ने गरेको फेवाताल किनारको हिमागृह । कृष्णमणि बराल पोखरा : पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:२३
573 views 0 secs 0

कपिलवस्तुमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल

पतपत्र गणना गर्दै गणकहरु । तस्बिर : अन्नपूर्ण कपिलवस्तु : तौलिहवा कपिलवस्तुमा समानुपातिकतर्फ ३ वटै क्षेत्रको मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेस पहिलो, एमाले दोश्रो, राजपा नेपाल तेश्रो, संघीय समाजवादी फोरम नेपाल चौथो र माओवादी केन्द्र पाँचौं दल बनेका छन् । कांग्रेसले कुल ६१ हजार २ सय ९२ […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:२१
552 views 3 secs 0

प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तयार

प्रदेश संसद् बसाउन तयारी हालतमा राखिएको वीरेन्द्रनगरस्थित शैक्षिक तालिम केन्द्रको भवन। सुर्खेत : प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै सुर्खेतमा प्रदेश संसद्को बैठक र मुख्यमन्त्रीको कार्यालय राख्ने ठाउँको टुंगो लगाइएको छ। सरकारले प्रदेश राजधानीको औपचारिक निर्णय गर्न बाँकी नै रहे पनि सुर्खेतमा भने प्रदेश ६ को संसद् र प्रदेश सरकारका मन्त्रालय राख्ने गरी आन्तरिक तयारी पूरा गरिएको […]

राजनीति
२८ मंसिर २०७४, बिहीबार १२:१९
705 views 2 secs 0

पुष्पकमल भन्छन् : ‘पहिलोपटक चुनावको अनुभव गरेँ’

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक चुनावी प्रतिष्पर्धाको अनुभव भएको बताएका छन्। यसअघि अन्य जिल्लाबाट निर्वाचन जितेपनि यसपटक मात्रै वास्तविक चुनावको अनुभव भएको बताए। नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चितवनको निर्वाचनले जनतासँगको प्रत्यक्ष भेटघाट, प्रतिष्पर्धा सबै अनुभव भएको बताए। ‘यसअघि […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १३:२६
615 views 0 secs 0

के गर्लान् अब देउवाले ? टिप्पणीे

त्काल विशेष महाधिवेशन बोलाउनुपर्छ स् गगन थापा पुरानो पीढी नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ स् धनराज गुरुङ केन्द्रीय कार्यसमिति बोलाएर छलफल गर्नुपर्छ स् प्रकाशशरण महत प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १३:१८
670 views 1 sec 0

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

नियुक्ति निरन्तर  ! कान्तिपुर  निर्वाचन आचारसंहिता लागू भएका बेलासमेत सरुवा, बढुवा र नियुक्तिलाई निरन्तरता दिएको सरकारले चुनाव सकिएर कामचलाउ हैसियतमा पुगिसकेपछि पनि राजनीतिक नियुक्तिलाई जारी राखेको छ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकास बोर्ड अध्यक्षमा सोमबार राजनीतिक नियुक्ति गरेको छ भने नयाँ सरकारबाट विस्थापन हुनुअघि अरू नियुक्ति पनि गर्ने तयारी छ । संवैधानिक […]

राजनीति
२७ मंसिर २०७४, बुधबार १३:१४
652 views 1 sec 0

समानुपातिकको सिट बाँडफाँट- ३ प्रतिशत मत ल्याए मात्रै सिट

  समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन् । विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक […]