राजनीति
९ भाद्र २०७६, सोमबार १२:२७
624 views 0 secs 0

नेकपा को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु …

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले  जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।आजको बैठकमा महानगरपालिकाका […]

राजनीति
३ भाद्र २०७६, मंगलवार ०८:२८
514 views 0 secs 0

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरे…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका हुन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली […]

राजनीति
१ भाद्र २०७६, आईतवार ०८:४८
545 views 0 secs 0

नेकपा को सचिवालय बैठक आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै …

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आज) आइतबार बस्दैछ। एकताका बाँकी कार्य पूरा गर्नका लागि आइतबार सचिवालय बैठक बस्न लागेको हो। बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज […]

Uncategorized, राजनीति
३२ श्रावण २०७६, शनिबार १७:०५
714 views 1 sec 0

देश विकासको लागि सबैलाई एकजुट हुन आह्वान: पूर्व प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । शनिबार काठमाण्डौमा भएको कार्यक्रममा देश विकासको लागि नागरिक, संघ-संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो-ठूलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए […]

देश, राजनीति
२९ श्रावण २०७६, बुधबार १८:२९
745 views 0 secs 0

२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य…

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । ‘सन् २०२० मा २० लाख पर्यटक […]

देश, राजनीति
२९ श्रावण २०७६, बुधबार १६:१६
655 views 0 secs 0

मुख्यमन्त्री शाहीलाई लक्षित गरेर ‘विप्लव’ समूहले बम विष्फोट …

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ। मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो। गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको […]

राजनीति
२९ श्रावण २०७६, बुधबार १३:४८
521 views 0 secs 0

उच्च अदालतले विकासमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश …

उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो। सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै […]

राजनीति
२९ श्रावण २०७६, बुधबार १०:२१
614 views 0 secs 0

नेकपा को सचिवालय बैठक बुधबार आज बस्दै,बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने …

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार (आज) बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो। बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने नेकपाले जनाएको छ। […]

राजनीति
२५ श्रावण २०७६, शनिबार १६:५७
825 views 0 secs 0

साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गए : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गएको बताएका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताए। ‘मेरो साहित्यमा एकदमै रूची थियो। मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें,’ उनले […]

राजनीति
२५ श्रावण २०७६, शनिबार ११:१६
675 views 0 secs 0

प्रचण्ड आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी …

१० वर्षे शसस्त्र द्वन्द्वका सुप्रिम कमाण्डर रही सकेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।स्मरणरहोस माओवादी द्वन्द्वमा परी करिब १७ हजार नेपाली नागरिक मारिएको सरकारी तथ्यांक छ । नेकपा नेता दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन गर्दै प्रचण्डले […]