देश
९ श्रावण २०७६, बिहीबार १२:५२
572 views 0 secs 0

नागढुंगा नाकाबाट दुई किलो सुन सहित१७ वर्षीय भीमबहादुर तामाङ पक्राउ…

हरीले काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको दुई किलो पहेँलो धातु सुन भएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् । थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ […]

देश
९ श्रावण २०७६, बिहीबार ११:५७
570 views 1 sec 0

निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही…

फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । लापरवाही भनेको हेलचेक्र्याइँ भन्दा […]

देश
८ श्रावण २०७६, बुधबार १६:४२
617 views 0 secs 0

नेपालको जडिबुटी निकासी ६ महिनादेखि ठप्प…

विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ । भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प छ । भारतको […]

देश
८ श्रावण २०७६, बुधबार १५:४१
616 views 0 secs 0

सर्पले डसेका बिरामीको चाप बढ्यो …

विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार […]

देश
८ श्रावण २०७६, बुधबार १५:२७
807 views 0 secs 0

संरक्षणको पर्खाइमा पाण्डव गुफा…

सिञ्जा उपत्यकामा रहेको ऐतिहासिक पाण्डव गुफा संरक्षणको अभावमा जीर्ण बनेको छ । ऐतिहासिक महत्व बोकेको पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय राजबहादुर बडुुुबलले बताउनुभयो । गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । रारा जाने बाटोमै पाण्डव गुफा पर्छ । यहाँ दैनिक सयौँ पर्यटकको घुइँचो लाग्छ । कनकासुन्दरी गाँउपालिकामा रहेको पाण्डव गुफा एक महत्वपूर्ण ऐतिहासिक पर्यटकीय गन्तव्य हो […]

देश
८ श्रावण २०७६, बुधबार १५:२७
754 views 0 secs 0

युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा नेपालीको ९८ जनाको मृत्यु …

युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ जना महिला  र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । दूतावासले सार्वजनिक गरेको तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र […]

देश
७ श्रावण २०७६, मंगलवार १५:५२
822 views 1 sec 0

 थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार …

थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो । काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुल (आइ-एचएबीएस) मा फूड एण्ड बेभरेज तालिमका गएका उनीहरूले भने बमोजिमको तालिम र सुबिधा पाएका थिएनन् […]

देश
७ श्रावण २०७६, मंगलवार १४:१०
607 views 0 secs 0

मन्त्री विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह…

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा […]

देश
७ श्रावण २०७६, मंगलवार १३:१९
966 views 0 secs 0

मन्त्री विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह

श्रम,  रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको […]

देश
७ श्रावण २०७६, मंगलवार १२:०२
579 views 0 secs 0

अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार…

सोमबारदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जानकारी गराएको हो ।केन्द्रले बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका […]