देश
२६ मंसिर २०७८, आईतवार १६:०९
222 views 0 secs 0

शेयर बजार आज ८८ अङ्कले घटेर २३ सय ६१ विन्दुमा…

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३ सय ७० विन्दु भन्दा तल झरेको हो । आज कारोबार भएका सबै समूहको शेयर घटेको छ […]

देश
२६ मंसिर २०७८, आईतवार १५:००
262 views 0 secs 0

सुनको भाउ आज फेरि ३ सय रुपैयाँले बढ्यो…

सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

देश
२६ मंसिर २०७८, आईतवार १२:१२
308 views 0 secs 0

लालझाडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु…

लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले […]

देश
२६ मंसिर २०७८, आईतवार ०९:२३
298 views 0 secs 0

काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम…

काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान […]

देश
२५ मंसिर २०७८, शनिबार १८:५६
256 views 0 secs 0

२४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय सात […]

देश
२५ मंसिर २०७८, शनिबार ०७:४७
414 views 0 secs 0

आजको मौसम कस्तो छ ?

दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजो भन्दा पनि कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । हिजो जुम्लाको न्यूनतम […]

देश, सूचना-प्रबिधि
२४ मंसिर २०७८, शुक्रबार १४:३९
316 views 0 secs 0

कारबाहीस्थलबाटै ट्राफिक जरिवाना तिरी तत्काल कागजात लिन सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को सुरुवात गरेको छ। बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधनधनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिन सक्ने व्यवस्थाको सुरुवात गरेको हो। तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]

देश
२४ मंसिर २०७८, शुक्रबार १३:२२
302 views 0 secs 0

आज सुनको भाउ एक सय रुपैयाँले घट्यो…

सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

देश
२४ मंसिर २०७८, शुक्रबार ०९:१२
243 views 0 secs 0

झापाको सिम्लेमा जङ्गली हात्तीले आतंक मच्चाउँदै…

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, […]

देश
२४ मंसिर २०७८, शुक्रबार ०८:२२
214 views 3 secs 0

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ […]