देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:३२
902 views 0 secs 0

पतिशोकमा परेकी बिना मगर चुनाव प्रचारमा

चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा परेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगर काठमाडौंबाट यहाँ आई पुनः प्रचारमा खटेकी छन्। निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कञ्चनपुर फर्किएर पुनः चुनावी प्रचारप्रसारमा सहभागी भएकी छन्। पतिशोकमा रहेकी मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर प्रेस विज्ञप्ति […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:३०
654 views 0 secs 0

११ दिनसम्म कसरी राखिन्छ मतपेटिका? वाम गठबन्धनका नेता भन्छन्– चनाखो हुन जरुरी छ

  ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले भोट हाल्न सक्ने निर्वाचन आयोगले जनाएको छ। यो निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वाचित हुनेछन्। तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ। मंसिर २१ गते […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:२६
671 views 0 secs 0

प्रधानमन्त्रीले झूटो आश्वासन दिएको भन्दै तिङ्गलाले गर्‍यो मतदान बहिष्कार

सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा भागै लिएनन्, न वडाबाट उम्मेदवार उठे न मतदान गरे। मतदाता परिचयपत्र लिन समेत गएनन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि सिंगो गाउँले बहिष्कार गर्ने निर्णय गरेको छ। यहाँ कांग्रेस, एमाले र माओवादीसहित प्रमुख दलहरुले नै मिलेर चुनाव बहिष्कार गरेको स्थानीय सोभित बस्नेतले बताए। तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:२४
693 views 0 secs 0

दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

निर्वाचन आयोगले पहिलो चरणमा आइतबार मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ। यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिका पैदल […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:२२
829 views 0 secs 0

कांग्रेसले पैसा दिएर मतपेटिकामा आगो लगाउन लगायो – जनार्दन शर्मा

बिना विभागीय मन्त्री गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपाली कांग्रेसले पैसा दिएर मतपेटिकामा आगो लगाउन लगाएको आरोप लगाएका छन्। सोमबार बिहान दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका शर्माले कांग्रेसलाई त्यस्तो आरोप लगाएका हुन्। ‘मलाई सबैभन्दा बढी भोट आउने क्षेत्रमा एउटा मतपेटिकामा आगो लगाउन लगाइयो र रातो […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:२०
628 views 0 secs 0

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो। मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:१९
631 views 0 secs 0

मतपेटिका हेर्न दलहरूले राखे आफ्नै सिसिटिभी

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट आज गोरखाको ठिंगुरेस्वाँरा हेलिप्याडमा ल्याएपछि सदरमुकामस्थित क्षेत्र नं. १ निर्वाचन कार्यालयमा भण्डारणका लागि लगिँदै। आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य छान्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १४:३६
601 views 0 secs 0

११५ वर्षीया वृद्धाबाट मतदान: मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छिन् । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आइतवार अपराह्न मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए । विसं १९५९ साल चैत १० गते जन्मेकी लामिछानेले […]

देश, समाज
११ मंसिर २०७४, सोमबार १४:३४
703 views 0 secs 0

मतदान गर्न नपाउँदा शय्यामै छट्पटी

७२ बर्षे दिकबहादुर मगर आईतबार शिक्षण अस्पतालमाको आकस्मिक उपचार कक्षमा कृत्रिम स्वास्प्रश्वास लिँदै छटपटाईरहेका थिए । दुई दिनअघि छोराहरुसंग मतदान गर्ने ईच्छा ब्यक्त गरेका मगरको एक्कासि हातखुट्टा चल्न छोडेपछि मतदान गर्ने धोको अधुरै रह्यो । गाउँलेहरु पंक्तिबद्ध भई मतदान गरिरहेका बेला दोलखा मेलुङका दिकबहादुरसंगै तीन छोरा र नाति अस्प्तालको शय्यामा टोलाईरहेका थिए । उनी बिरामी […]

देश, समाज
११ मंसिर २०७४, सोमबार १४:३१
698 views 0 secs 0

अशुद्ध पानी बेच्नेको कारोबार रोकिने : जार र बोटलमा अनिवार्य सुरक्षित सिल, चैतबाट

सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको योजना बनाएको हो । यसका लागि विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ । उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न, स्वच्छ […]