देश
२४ जेष्ठ २०७९, मंगलवार ०८:२३
811 views 1 sec 0

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठेको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । […]

देश, शिक्षा
२२ पुष २०७८, बिहीबार १५:२३
1362 views 0 secs 0

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण […]

देश
२२ पुष २०७८, बिहीबार ११:३४
1359 views 0 secs 0

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही […]

देश
२१ पुष २०७८, बुधबार ०९:५५
590 views 2 secs 0

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर आंशिक देखि […]

देश
२० पुष २०७८, मंगलवार १२:३६
671 views 0 secs 0

आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको […]

देश
१५ पुष २०७८, बिहीबार १४:३१
615 views 0 secs 0

म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् । अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम […]

देश
१४ पुष २०७८, बुधबार १२:४९
450 views 0 secs 0

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको […]

देश
१४ पुष २०७८, बुधबार ११:३७
321 views 0 secs 0

देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र […]

देश
१४ पुष २०७८, बुधबार १०:५५
434 views 0 secs 0

काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

काठमाण्डौको चन्द्रागिरिमा हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ । वर्षासँगै चन्द्रागिरिमा हिउँ परेको हो । आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम […]

देश
१३ पुष २०७८, मंगलवार १५:३३
410 views 0 secs 0

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ। हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएकाे छ ।