देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:३०
582 views 0 secs 0

करिब पाँच करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

काठमाडौं : करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपक रेग्मीसहित तीन जना पक्राउ परेका हुन्। […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:२७
685 views 9 secs 0

प्रदेश- २ : अधिकारको एजेन्डा गाढा, समृद्धिको एजेन्डा फिक्का

जनकपुर : प्रा. सुरेन्द्र लाभ ३६ वर्षअघि पुग्दाको नेपालगन्ज सम्झिन्छन्- कुचुक्क परेको सानो बजार । त्यो बेला जनकपुर त कहाँ हो कहाँ ठूलो सहर, देशकै प्रमुख सहरमा गणना हुन्थ्यो । ‘अहिले जनकपुर र नेपालगन्जबीच त्यही भिन्नता छ, तर ठीक उल्टो’, उनी भन्छन्, ‘नेपालगन्ज जनकपुरभन्दा धेरै माथि गइसक्यो ।’ निकै ‘जुनियर’ सहर बुटवल त झन् अघि […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:२४
701 views 1 sec 0

महानगरका मुसहरको पीडा : ‘सरकार हामीलाई नागरिक मान्दैन’

विराटनगर : बाटो छेउमै निर्मित मन्दिरमा टाउको काटिएको शिवजीको मूर्ति, मंसिरको मध्यसँगै तराईका जिल्लामा उक्लँदो चिसो, नाकभरि सिँगान बोकेर पातलो सुर्तीको सर्ट र हाफ पाइन्टमा यताउता दौडिरहेका स-साना बालबालिका अनि नीलो प्लास्टिकको छानो हालेर बनाइएका टहरा ।यो दृश्य हो, मुलुककै दोस्रो ठूलो सहर विराटनगर महानगरपालिका-१२ स्थित मुसहर बस्तीको । दोस्रो चरणको संघ र प्रदेश चुनाव […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:२०
783 views 7 secs 0

भ्रम फैल्याउनेहरुसँग सचेत रहनुहोस् : ओली

विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका बेला जनतामाथि भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुसँग सचेत रहन आग्रह गरेका छन्। ‘निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एउटा पक्ष भ्रम फैल्याउने काम गरिरहेको छ,’ उनले भने, ‘अर्को पक्ष उहीसँग गएर चुनावी तालमेल गरिरहेको छ।’ लुटलाट र ठगी गर्नेहरुले नेपाली जनतालाई गुम्राहमा राखिरहेको बताउँदै उनले भने, […]

देश, विश्व, समाज
१७ मंसिर २०७४, आईतवार १२:१८
763 views 0 secs 0

टीपीएस नवीकरण गराउन पहल

अमेरिका : अमेरिकी सरकारले अस्थायी रूपमा नेपालीलाई प्रदान गर्दै आएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ टीपीएस को म्याद सकिन केही महिना बाँकी छँदै म्याद बढाउन पहल सुरु भएको छ । टीपीएसले अमेरिकामा कागजविहीन बसिरहेका नेपालीलाई अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था गरेको छ । ०७२ साल वैशाखमा भुइँचालो गएर नेपालमा ठूलो जनधनको क्षति भएपछि अमेरिकाले नेपालीलाई आवत÷जावत गर्न र अप्ठ्यारो […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:१७
673 views 5 secs 0

लोकतन्त्र नेतालाई मात्रै आयो, जनतालाई आएन

भरतपुर : २००७ सालदेखि अहिलेसम्मको राजनीतिक यात्रामा बलिदानपूर्ण वैचारिक जीवन बिताएका एकै उमेरका दुई वयोवृद्ध दुई धु्रवमा उभिएका छन्। तर उनीहरूको अनुभव र अभिव्यक्ति भने एउटै छ। ‘२०१५ सालको संसदीय निर्वाचनमा नैतिकताका पाका उम्मेदवार र जमानाका पाका मतदाता थिए तर अहिले सत्ताका पाका उम्मेदवार र स्वार्थका पाका मतदाता छन्’, उनीहरूले भनेका छन, ‘त्यसैले अब डेमोक्रेसी […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:१५
776 views 4 secs 0

विक्रम पाण्डे भन्छन्, ‘प्रचण्ड मेरा प्रतिस्पर्धी होइनन्’

 भरतपुर : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्। ‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन’, उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:१०
695 views 6 secs 0

वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य

काठमाडौँ :  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वामगठबन्धनले जितेमा काठमाडौं महानगरको विकास गर्न सहज हुने बताएका छन्। वामगठबन्धनका उम्मेदवारको पदयात्राका क्रममा बोल्दै महानगर प्रमुख शाक्यले काठमाडौंको दुर्त विकासका लागि वामगठबन्धनका उम्मेदवारले जित्न आवश्यक भएको बताएका हुन्।‘महानगरको विकासका लागि कुनै पनि अवरोध आउनु हुन्न, काममा अवरोध भयो भने धेरै काममा वाधा पर्छ’ उनले भने। सो अवसरमा […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:०८
606 views 9 secs 0

प्रतिस्पर्धीप्रति ओली नरम

दमक : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धीप्रति ‘लचिलो’ रूपमा प्रस्तुत भएका छन्। उनका मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेसका डा. खगेन्द्रपाण्डव अधिकारी पनि आरोप/प्रत्यारोपभन्दा पनि भोट माग्नमै व्यस्त देखिएका छन्। गृहजिल्ला झापाका चुनावी सभामार्फत भोट मागेका ओलीले आफूभन्दा पनि बढी वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:०६
754 views 0 secs 0

‘घर र ससुराली हुँदैमा माधव नेपालले चुनाव जित्दैनन्’

काठमाडौं : काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिपक कुँइकेलले घर र ससुरालीको नाताले चुनाव नजितिने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालका प्रतिस्पर्धीसमेत रहेका कुइँकेलले शनिबार कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । माधव नेपालले आफू यसै क्षेत्रको बासिन्दा र यसै क्षेत्रमा ससुराली भएको भन्दै […]