रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ। नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो […]
गायक तथा संगीतकार सन्तोष के सी निकै मर्म स्पर्सी गीत लिएर फेरी पनि तपाई हामी मझ आएका छन् l आफ्नै जन्म थलो गुल्मी को अर्जेमा बनाएको निरमाया गीत को भिडियोले जो कसैलाई पनि आफ्नो गाउँ को झझल्को मेटाउने गरि मनोरंजन दिने खालको छ lhttps://youtu.be/JqaqpQfuZIk गीत : Nepali Dashain Song – Nirmaya Singer – Santosh KC […]
केरा खेति बाट राम्रो फल पाएका गुल्मी का किर्षकहरु बिस्तारै अब यो केरा खेति लाई ब्यबशाय कै रुपमा फस्टाउने तयारी गर्दै छन् l आफुले घरमै खाने गरि लगाएको केरा हरु आहिले थोरै ठाउँ मा पनि धेरै खेति हुदै गएको र फल पनि राम्रो भंएकोले किर्षक हरु केराखेती ब्यबशाय कै रुपले अघि बढाउने सोच मा रहेको […]
आफैंले पढाउने छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने एक विशेषज्ञ डाक्टर पक्राउ परेका छन् । पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा […]
६ असोज, काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको आन्दोलनले आपूर्ति रोकिएपछि माग धान्न नसकिने अवस्थाको आँकलन गर्दै नेपाल आयल निगमले तेलमा कोटा प्रणाली नै लगाएको छ । सरकारले नाकाबन्दीका बेलामा पाठ सिकेको भन्दै कम्तिमा […]
कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनापश्चात हाम्रो देशमा मृत्युदण्डको कानुनको माग बढिरहेको छ । विशेषगरी बलात्कारका घटनामा मृत्युदण्डको माग चर्को रूपमा उठिरहेको छ । मृत्युदण्ड के हो ? नेपालले मृत्युदण्डको कानुन बनाउन सक्छ ? यो समय सान्दर्भिक वा असान्दर्भिक ? यसको विकल्प छ वा छैन ? के मृत्युदण्डले अपराध नियन्त्रण गर्छ […]
प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्। आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको […]
आर्थिक आधारमा हुने परिवर्तनले ढिलो वा चाँडो सम्पूर्ण उपरिसंरचनामा परिवर्तन ल्याउँछ । त्यस्तो रुपान्तरणको अध्ययन गर्दा आर्थिक उत्पादनका अवस्थाहरुको भौतिक रुपान्तरण …र …विचारधारात्मक रुपहरुमा ध्यान दिनुपर्छ, जुन अन्तरविरोधहरुका बारेमा मानिस सचेत हुन्छन् र त्यस अन्तरविरोधको हिसाब–किताब चुक्ता गर्छन् । जसरी कुनै व्यक्तिले आफ्नै बारेमा के सोच्दछ भनेर हामीले उसका बारेमा विचार बनाउँदैनौँ, त्यसैगरी रुपान्तरणको खास […]
२०७२ को विनासकारी भूकम्पले क्षति पुगेको नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार समयमै पुनःनिर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ ।
काठमाडौँ — भनिन्छ, कोही जन्मँदै महान् हुन्छन्, कोही महानता हासिल गर्छन् र कोहीमा भने महानता थोपरिन्छ । व्यक्ति कसरी महान् हुन्छ भन्ने शेक्सपियरका यी तीन धारमध्ये दोस्रो धारले महान् बनेका व्यक्ति हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे । लमजुङमा जन्मेर लैनचौर, काठमाडौंमा आफ्नो १०० वर्षको जीवनयात्राको अनुष्ठानमा पुग्नुभएका महान् व्यक्तिलाई सुरुमै मंगलमय शुभकामना चढाउँछु ! कविजीसँग मेरो प्रथम साक्षात्कार २०३६ […]