काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ। आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए। ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले द्रुत गतिमा काम गरिरहेको छ ।’’ उनले भने, ‘‘पहिले दैनिक एक सय मिटर […]
सञ्चिता घिमिरे काठमाडौँ। निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ। केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ। उनले भने, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा […]
काठमाडौं – फिल्म ‘वीरविक्रम’ निर्माण र प्रदर्शनको दुई वर्ष पछि नयाँ फिल्म ‘वीर विक्रम २’को घोषणा गरिएको छ। फिल्म निर्माण समूहले अघिल्लो संस्करणको फिल्मसँग नाम मिले पनि नयाँ फिल्म सिक्वेल नरहेको दाबी गरेको छ। फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले नयाँ फिल्म कथा अघिल्लो फिल्मभन्दा फरक रहेको बताए । ‘अघिल्लो ‘वीरविक्रम’सँग अहिलेको ‘वीरविक्रम २’को सम्बन्ध […]
काठमाडाैं – अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा प्रधानमन्त्री केपीशर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले तुलाधरको निधनले आफुलाई दु:खी बनाएको बताए। उनले लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ। नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय […]
पोखरा – ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब चितवनले उपाधिका लागि आयोजक पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। पोखरा यसअघिनै नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरिसकेको छ। पोखरा रंगशालामा काठमाडौं रोयल्सले जितका लागि […]
काठमाडौं – सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप सयवटा नयाँ गन्तव्य छनोट गरेको हो। मन्त्रालयले एक […]
पाँचथर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आठ महिनाको सरकारकोे कार्यसमिक्षा गर्दा पूर्ण रुपमा असफल भएको बताएका छन्। आइतबार विहान पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकारसम्मेलनमा बोल्दै थापाले उक्त कुरा बताएका हुन्। मुलुकमा शान्तिसुरक्षा कायम गर्ने, भष्ट्रचार नियान्त्रण गर्ने, विकासलाई गति दिने काम गर्न नसकेकाले वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकार पूर्ण रुपमा असफल भएको राप्रपाको […]
चितवन – हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ। निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ। हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका […]
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भालाडोलिडलाई २–० ले पराजित गरेको छ। अघिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग घरेलु मैदानमा ४–० ले पराजित भएपछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित निकालेको हो। लुपेटेगुईको बर्खास्तीपछि अहिले टोलीलाई ‘बी’ टोलीका प्रशिक्षक सान्टियागो सोलारीले सम्हालिरहेका छन्। योसँगै पछिल्ला ६ खेलमा रियलले […]
तेहरान- अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन्। खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन्। अमेरिकाको बेजोडको […]
