Home > Articles posted by NewsDesk (Page 338)
FEATURE
on १६ मंसिर २०७५, आईतवार १५:१७
700 views 2 secs

महेन्द्रनगर– निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो। -यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। -यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १६:४७
801 views 0 secs

बुनस एयर। चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको बताइएको छ। विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १६:४४
528 views 0 secs

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाएकी छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि शनिबार पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १४:०८
569 views 0 secs

काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा टप २० मा छानिएकि छन् ।मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा श्रृङखला छानिएकी हुन् । शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। शृङ्खला १३ नम्बरको समुह विजेता हुँदै […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १३:४६
583 views 0 secs

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे । ‘धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १३:३३
1084 views 0 secs

भादगाउँ – विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १२:१४
579 views 1 sec

काठमाडौं – काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ। विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो। त्यो डिपिआर खरिद नगरेपछि यतिखेर सेनासँग फास्टट्र्याकको नयाँ डिपिआर […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ११:३२
607 views 0 secs

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो। निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन्। […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ११:१९
742 views 0 secs

काठमाडौं – शिवराम श्रेष्ठले शुक्रबार पार–६८ को रोयल नेपाल गल्फ कोर्समा सूर्य नेपाल काठमाडौं ओपनको उपाधि उचालेका छन्। अन्तिम दिन इभन पार ६८ स्कोर बनाएका शिवरामले कुल ७२ होलको समाप्तीमा ११ अन्डर २६१ स्कोर बनाउँदै उपाधि आफ्नो बनाएका हुन्। शिवरामले भुवन नगरकोटीमाथि ६ स्ट्रोकको जित निकालेका थिए। सिजनको दोस्रो उपाधि जितेका शिवरामले करिअरको ४ सय […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार १०:१६
707 views 0 secs

हेटौँडा– प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको […]