Home > Articles posted by NewsDesk (Page 328)
FEATURE
on २५ मंसिर २०७५, मंगलवार ११:२३
642 views 0 secs

पर्वत – पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलान्यास गरेका हुन्। जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। ५० शैया र अत्याधुनिक सुविधा सहितको भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार ११:१६
586 views 0 secs

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिवी मैदानमा भइरहेको खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई जितका लागि ८५ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाइ ८४ रन बनाएपछि विराटनगरले ८५ रनको […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार ११:१२
698 views 0 secs

नयाँदिल्ली– भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्। उनको राजीनामा नरेन्द्र मोदी नेतृत्वको सरकार र आरबीआईबीच स्वायत्तताको विषयलाई लिएर टकराव चलिरहेको बेला आएको हो। राजीनामा दिँदै पटेलले यतिका वर्ष आरबीआईमा […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १०:५३
613 views 0 secs

वासिङ्टन- अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ। राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १६:३४
831 views 0 secs

काठमाडाैं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गर्दा चितवन टाइगर्सले भने लगातार दोस्रो हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न सोमबारको पहिलो खेलमा काठमाडौंले चितवनलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गर्दै चितवनले काठमाडौंलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य काठमाडौंले […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १६:०२
806 views 0 secs

लन्डन — बेलायत युरोपेली संघ (ईयू) मै रहनुपर्ने जनमत बढेको छ । बेलायतको एक प्रमुख समाचारपत्रले गराएको पछिल्लो जनमत सर्वेक्षणले बेलायतका अधिकांश जनता युरोपेली संघमै रहने पक्षमा रहेको देखाएको हो । द इन्डिपेन्डेन्ट पत्रिकाले गराएको मत सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले ब्रिटेन युरोपेली संघमै रहनुपर्ने अभिमत व्यक्त गरेका छन् । प्रधानमन्त्री टरेसा मेले ब्रिटेन ईयूबाट बाहिरिन […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १५:५१
1040 views 0 secs

ब्रसेल्स– युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १५:४३
817 views 0 secs

न्यु योर्क टाइम्स, डेक्ल्यान वाल्स लाल सागरको तटको एक बलौटे किनारमा रहेको भिलाको गेटहुँदै एक युद्धबाहन गर्जंदै भित्रन्छ । कम्पाउन्डभित्रै पौडीपोखरी रहेको विलासी स्वामित्व अहिले एउटा मैदानी हस्पिटलमा बदलिएको छ । सोही हस्पिटलअघि रोकिएको एक पिकअप बाहनबाट पसिनाले भिजेका युवा लडाकुहरू हामफाल्छन् । ओर्लिएर उनीहरू गाडीमा ल्याइएका आफ्ना घाइते कमरेडहरूलाई उठाउँछन् । अनुहारबाट रगत चुहिरहेका […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १४:४३
676 views 0 secs

मस्को-रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको […]

FEATURE
on २४ मंसिर २०७५, सोमबार १४:२८
1676 views 0 secs

काठमाडौँ– युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी […]