क्यानाडा- क्यानाडाको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ। अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो। अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ। साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको […]
काठमाडौं – पाकिस्तानी दूतावासको आयोजनामा ट्वान्टी–२० क्रिकेट प्रतिगोगिता बुधबारदेखि सुरु भएको छ। महाराजगञ्जस्थित पाकिस्तान दूतावासको क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए। कार्यक्रममा मेयर शाक्यले दुई देशबीचका युवाहरूलाई क्रिकेटको माध्यमबाट जोड्ने कार्य सराहनीय रहेको बताए। उनले दूतावासले वार्षिक रूपमा खेलकुद आयोजना गर्दै पुर्याएको योगदान तारिफयोग्य रहेको उल्लेख गरे। पाकिस्तान राजदूत […]
काठमाडौं – गत साता युनेस्केकोले आयोजना गरेको यौन शिक्षाबारेको गोष्ठिमा एक सहभागीले विज्ञ डा. खेम कार्कीलाई सोधे, ‘मेरो छोरीले मलाई सेक्स के हो भनेर सोधिन्, मैले त आमालाई सोध भनिदिएँ। मैले उनलाई कसरी बताउनु भनि आमातर्फ देखाएदिएँ। के मैले ठीक गरेँ?’ डा. कार्कीले भने, ‘तपाईले एकदम ठिक गर्नुभयो। बालबालिका जोसँग नजिक र सहज हुन्छन् उनैसँग […]
काठमाडौं। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन्। यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे।
काठमाडाैं – काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दोस्रो जितको खोजिमा रहेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको हो। काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ तथा सिद्धान्त लोहनीले २१ […]
जुम्ला – जुम्ला विमानस्थलको स्तराेन्नती कार्य अन्तिम चरणमा पुगेको छ। स्तराेन्नती लागि भन्दै गत कार्तिक ८ गते देखि विमानस्थल बन्द गरिएको थियो। जुम्ला विमानस्थलका प्रमुख कैलाश शमाले रनवेमा रहेको सेतो संकेत गर्ने काम मात्रै बाँकी रहेको जानकारी दिए। उनले भने,“बिमानस्थलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ, सम्भवत: भोलीदेखि विमानस्थलमा विमान अवतरण तथा उडान हुनेछन्। विमानस्थल […]
पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे। ‘सरकारको विकल्प खोज्ने होइन। यही सरकारलाई सफल बनाउने हो। यही सरकारबाटै विकास र […]
काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने, जापानको सहयोगमा १८ वर्ष लागेर निर्मित १६० किमि लामो बिपी राजमार्ग सरकारको फितलो अनुगमन तथा जथाभावी प्रयोगका कारण द्रुत गतिमा बिग्रने क्रममा छ। सन् २०१४ को सिन्धुली भ्रमणमा बोलेरोलगायत फाट्टफुट्ट स–साना सवारी साधन मात्र देखिने साँघुरो एक लेनको सडकमा हालै २०१८ मा यात्रा गर्दा माइक्रोबस, ठूल–ठूला बस, ट्रक र ढुङ्गा–बालुवा […]
नयाँ दिल्ली- भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ। त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन्। भारतमा […]
काठमाडौं – च्याम्पियन्स लिग फुटबलको समूह ‘बी’ बाट स्पेनिस क्लब बार्सिलोना विजेता र इङ्लिस क्लब टोटेनह्याम उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्। मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै टोटेनह्याम अघिल्लो चरणमा प्रवेश गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ७ औं मिनेटमा नै ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो। तर […]