काठमाडौं–भूकम्प गएको साढे तीन वर्ष वितिसकेको छ। सरकारले २०७२ बैसाखको भूकम्पले क्षति पुगेका सार्वजनिक सम्पदा तथा निजी आवाश पुर्ननिर्माणका लागि दातासम्मेलनेदेखि पूनर्निमाण प्राधिकरणसम्म गठन ग¥यो। तर राजधानी काठमाडौ कै केन्द्रमा रहेको महांकाल मन्दिरदेखि बसन्तपूरको कुमारी घर पुनर्निमाणको प्रतीक्षामा छन्। साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचनघाटको जँग–हिरण्य–हेम–नारायण […]
काठमाडौं– पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मिसिमाची साइगो र मानव विकास सामुदायिक केन्द्रका अध्यक्ष मिलन अधिकारीले हस्ताक्षर गरेका हुन्। जापान सरकारको जीजीपी परियोजनाअन्तरगत यो सहायोग उपलब्ध गराइएको नेपालस्थित जापानी दुताबासले जनाएको छ। दैनिक करिब […]
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्विस्टर क्रिकेट किट्स निर्माता कम्पनीले प्रायोजन गर्ने भएको छ। ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षका लागि करिब १० लाख भारतीय रुपैयाँ (वार्षिक पाँच लाख ) बराबरको प्रायोजन गर्न लागेको हो। सम्झौतापत्रमा ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयूर देसार्इंले बिहीबार काठमाडौँमा सम्झौता गरे। […]
बनेपा – अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै खतिवडाले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको बताए। समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहुँच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको […]
नयाँदिल्ली — तेलांगना राष्ट्र समिति (टीआरएस) प्रमुख के चन्द्रशेखर राव (केसीआर) ले भारतकै सबैभन्दा कान्छो राज्यको मुख्यमन्त्रीको शपथ लिएका छन् । ७ डिसेम्बरमा भएको चुनावमा टीआरएसले अत्यधिक बहुमत हासिल गरेपछि राव दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्न सफल भएका हुन् । मंगलबारको मतगणनामा केसीआरले १९९ विधानसभा सिटमध्ये ८८ जितेका हुन् । भारतीय राष्ट्रिय कंग्रेस र तेलगुदेशम पार्टी (टीडीपी) को […]
काठमाडौँ — पछिल्ला केही सिजन संकटा क्लबले मोफसलका प्रतियोगितामा गरेको राम्रो प्रदर्शन संयोगमात्र थिएन । यो त उसले समाएको लय नै रहेछ । यस्तै लय संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पनि देखाएको छ । त्यसैको निरन्तरता हो, संकटाले बिहीबार हिमालयन शेर्पा क्लबमाथि दर्ता गरेको २–० को जित । लिग उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टारबीच चल्ने दोहोरो […]
लाहोर। पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो सफलता हात पारेको छ । पाकिस्तानले लामो समयको अन्तरालपछि आफ्नो जमिनमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पाएको छ । २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आतंकवादी आक्रमण भएपछि आइसीसीले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न प्रतिबन्ध लगाएको थियो । अहिले त्यो प्रतिबन्ध हटाइए पनि विदेशी टिम पाकिस्तान गएर खेल्न हिच्किचाइरहेका छन् । […]
बैतडी। मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, […]