Home > Articles posted by NewsDesk (Page 285)
FEATURE
on २७ बैशाख २०७६, शुक्रबार ११:४५
652 views 0 secs

गत जेठ तीन गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गएर गठन भएको नेकपाले एकीकरण भएको ठिक एकवर्षपछि जेठ तीन गते पार्टीका तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुंगोे लगाउने तयारी गरेको छ। जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय सङ्गठन, विभाग, प्रवास लगायत सबैलाई टुंगोे लगाउने तयारी गरेको छ। […]

FEATURE
on २७ बैशाख २०७६, शुक्रबार ११:२५
668 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्यो। सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्यो। मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो। पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु […]

FEATURE
on २६ बैशाख २०७६, बिहीबार १८:३०
609 views 0 secs

इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपाली मध्ये ७ जनालाई उद्धार गरी पठाएको छ । उनीहरू बुधवार राति काठमाडौँ आइपुगेका छन् । दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)सँग समन्वय गरी नेपाल पठाएको हो । लिबियादेखि काठमाडौंसम्मको टिकट आईओएमले नै उपलब्ध गराएको नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले बताए । दूतावासले अनुस लामा, किरण खड्का, सिराज रायामाझी, […]

FEATURE
on २६ बैशाख २०७६, बिहीबार १८:११
751 views 0 secs

सञ्चार सूचना तथा प्रविधि मन्त्री तथा नेपाल सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिपक्षले सानो विषयलाई ठूलो बनाएको बताएका छन्। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले भने, ‘मेरो सरकारलाई प्रतिपक्षले अतिरञ्जित बनाएको छ, कुन शब्द कहाँ कसरी प्रयोग गर्ने भन्ने परिस्थितिको हुन्छ।’ राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सरकारलाई सम्बोधन गर्दा ‘मेरो सरकार भनेको प्रति उनले […]

FEATURE
on २६ बैशाख २०७६, बिहीबार १७:४०
686 views 6 secs

काभ्रेकी स्थायी वासिन्दा मैया खड्काले तीन वर्षअघि बौद्धमा महंगो भाडा तिरेर ग्यालरी पसल सुरु गरिन् । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाका आगन्तुक र स्थानीयको बाक्लो आउजाउ हुने ठाउँमा पसल मज्जाले चल्ने खड्काको बुझाइ थियो । खड्काले पसल खोलेकै वर्षदेखि बौद्ध-जोपाटी सडक विस्तार सुरु भयो । सडक फराकिलो हुने भएपछि आवतजावत सहज भएर आफ्नो ब्यापार झनै […]

FEATURE
on २६ बैशाख २०७६, बिहीबार १६:४२
617 views 0 secs

मित्र राष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुगेका छन्। । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए । भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन हुन सुनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री […]

FEATURE
on २६ बैशाख २०७६, बिहीबार १३:५७
590 views 0 secs

लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन्। पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ। आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्यो। विगत चार वर्षदेखि सडक […]

FEATURE
on २५ बैशाख २०७६, बुधबार १८:२०
871 views 0 secs

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन्। नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताए। उनले भने, “ […]

FEATURE
on २५ बैशाख २०७६, बुधबार १२:५८
680 views 0 secs

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो। बुद्धको प्रतिमा […]

FEATURE
on २५ बैशाख २०७६, बुधबार १२:२०
847 views 0 secs

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ। उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणका लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्। नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो। यसपटक नेपाल सरकारले आफ्नै […]